×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भारतीय झण्डासँग ठ्याक्कै मेल खाने राजपाको झण्डा, पार्टी अर्कैको नाममा दर्ता

काठमाडौँ – तराई मधेसमा क्रियाशील पाँच मधेसकेन्द्रित दल बिहीबार एक भएर र पार्टीको नाम जुराए ‘राष्ट्रिय जनता पार्टी । तर यो पार्टीलाई पहिलो गाँसमा ढुंङ्गा लागेको छ । सो नामको पार्टी पहिले नै  निर्वाचन आयोगमा दर्ता भएको थाहा हुन आएसँगै मधेसी पार्टी एक हुँदै नामका कारण लफडा मच्चिएको हो ।
सो नामको पार्टी महिना दिन अगाडि नै आयोगमा निवेदन दिइसकेको आयोगले जनाएको छ । नेत्रबहादुर लिम्बूका कारण अहिले मधेसी नेताहरुले निन्द्य्रा गायव भएको छ । यति लामो अथक मेहनत पछाडि जुराइएको नाममा अरुले नै निवेदन दिएसँगै एक भएका पाँच मधेसी पार्टीलाई नामले सास्ती दिएको हो । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार,दल दर्ताका लागि पहिले कुनै दलले निवेदन दिएको रहेछ भने त्यही नाममा अर्को पार्टी दर्ता गर्न नसक्ने तर्क पेश गरे ।
सो नामको पार्टीलाई गत चैत्र दुई गते नै निर्वाचन आयोगले मान्यता दिएको भेटिएपछि एकीकृत भएका ६ मधेसी दललाई पहिलो गाँसमै ढुंगा भनेझै भएको छ ।  
महन्थ ठाकुर अध्यक्ष बनाई राजेन्द्र महत्तो, शरत्सिंह भण्डारी,महेन्द्र राय यादव,राजकिशोर यादव समेतको पार्टी एक आपसमा मिलेर पार्टीबाट मधेस नाम हटाई राष्ट्रिय जनता पार्टी बनाइएको थियो । पार्टी एकीकरण गर्दा सामूहिक नेतृत्वको सिद्धान्तलाई आत्मसात गर्ने र अध्यक्ष मण्डलीय प्रणालीअनुसार सञ्चालन गर्ने जनाइएको सो पार्टीका एक भएसँगै नामले मात्र होइन झण्डाकै कारण बबाल स्थिती श्रृजना भएको छ । राजपा पार्टीको झण्डा ठ्याक्कै भारतको झण्डा  मेल खाएपछि उनीहरुको चर्काे आलोचना सुरु भएको छ । 
यता नबगठित पार्टीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले नवगठित पार्टीलाई शुक्रबार वार्तामा बोलाएका छन ।  नवगठित राष्ट्रिय जनता पार्टीमा तपलोपाका ११, राष्ट्रिय समाजवादी पार्टीका तीन, नेपाल सद्भावना पार्टीका एक, सद्भावना पार्टीका ६, तपसपाका तीन तथा फोरम गणतान्त्रिकका एकजना गरी २५ सांसद छन् । – एस काठमाडौं 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: