×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिर्मिरे माइक्रोफाइनान्सले पनि पायो हकप्रद बिक्री गर्ने अनुमति

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५०% हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ करोड ५० लाख रुपैयाँको १ लाख ५० हजार कित्ता सेयर  बिक्री गर्न अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएकाले अब केही समयभित्र हकप्रद निष्कासन प्रकृया सुरु गर्ने कम्पनीले जनाएको छ । मिर्मिरेको १ः०.५० अनुपातमा आउने यो हकप्रदमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल मार्केट लिमिटेडले गर्दैछ । 
यसअघि मिर्मिरेले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ५०% बोनस सेयर दिइसकेको छ । हाल मिर्मिरेको चुक्ता पुँजी ३ करोड रुपैयाँ छ । यो माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८४ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ०२ पैसा (वार्षिकीकरण) रहेको मिर्मिरेको प्रतिसेयर नेटवर्थ भने १७८ रुपैयाँ ८८ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: