×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मितेरीको खुद नाफा ८ करोड २७ लाख, इपिएस २९ रुपियाँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मितेरी डेभलपमेन्ट बैंकले ८ करोड २७ लाख १८ हजार रुपैयाँ खुँद नाफा कमाएको छ । यो नाफा गत वर्षको यही त्रैमासको भन्दा १ करोड ७९ लाख ७२ हजार रुपैयाँले धेरै हो । गत वर्ष मितेरीले ६ करोड ४७ लाख ४६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । चुक्ता पुँजी ३८ करोड २ लाख ९३ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा भने १७ करोड ५५ लाख ७९ हजार रुपैयाँ छ । धरानमा प्रधान कार्यालय रहेको मितेरीले खुद ब्याज आम्दानीमा पनि गत वर्षको तुलनामा ३ करोड ५४ लाख ७८ हजार रुपैयाँले बढोत्तरी गर्न सफल भएको छ । 
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैकको खुद ब्याज आम्दानी १४ करोड ३८ लाख ५३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १० करोड ८३ लाख ७५ हजार रुपैयाँ थियो । खुद नाफा बढोत्तरीमा ब्याज आम्दानीको भूमिका बढी छ । सम्भावित जोखिमका लागि ५२ लाख ४२ हजार रुपैयाँ छुट्याएको मितेरीले खराब कर्जा भने ०.३४% मै सीमित पारिदिएको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ (वार्षिक) रहेको मितेरीको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ १७ पैसा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: