×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसी एसियाको खुद नाफा ४९.८८% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब १३ करोड ८४ लाख एक हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट प्रस्तुत गरेको छ । एनआइसी गत वर्षको तेस्रो त्रैमासको तुलनामा ४९.८८% ले खुद नाफा वृद्धि गर्न सफल भएको छ । गत वर्ष एनआइसी एसियाको खुद नाफा ७५ करोड ९५ लाख ३२ हजार रुपैयाँ मात्र थियो । 
एनआइसीले यो त्रैमासमा एक अर्ब ८४ करोड २५ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी पनि गत वर्ष भन्दा ३३.८४% ले धेरै भएको छ । बैंकले ७९ अर्ब ६ करोड १० लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरेर ६७ अर्ब २५ करोड ४५ लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसैगरी, गत वर्ष १.११% रहेको खराब कर्जालाई यो त्रैमासमा ०.४६% मा सिमीत राख्न पनि एनआइसी सफल भएको छ । एनआइसी एसियाले तेस्रो त्रैमासमा ४० करोड ७ लाख ९५ हजार रुपैयाँ राईट ब्याक गरेको छ भने संभावित जोखिमका लागि १० करोड ५२ लाख ६३ हजार रुपैयाँ छुट्याएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एनआइसीको चुक्ता पुँजी ६ अर्ब ३५ करोड ७९ लाख ९१ हजार रुपैयाँ पुगेको छ  । बैंकको रिजर्भ कोस पनि ३ अर्ब ६ करोड ४९ लाख ५३ हजार रुपैयाँको भएको छ । एनआइसी एसियाको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ५० पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: