×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानमन्त्री बिरुद्ध सर्बोच्च अदालत जादै सिलवाल, वकिल भन्छन् प्रचण्ड सरकार ढल्यो !

काठमाडौँ – डिआईजी नवराज सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा मानहानी मुद्दा दायर गर्ने तयारी गरेका छन् ।
सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै सरकारले आफूभन्दा वरियतामा पछि रहेका प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको भन्दै डिआईजी नवराज सिलवाल अदालत जाने भएका हुन् । उनले मंगलबार कार्यालय समय सुरु हुनासाथ सर्वोच्चमा मुद्धा दायर गर्ने भएका छन् । सर्वोच्चले कार्यसम्पादन मूल्यांकनका आधारमा आफूलाई महानिरीक्षक बनाउन परमादेश दिए पनि सरकारले लत्याएको आरोप सिलवालको छ ।
यसैबीच सिलवालले आफ्ना कानुन व्यवसायीसँग छलफल गरेका छन् । स्रोतका अनुसार उनका कानुन व्यवसायीले प्रधानमन्त्रीविरुद्ध मानहानी मुद्धा दर्ता गराउन सुझाएका छन् । मानहानी मुद्दामा अदालतले दोषी ठहर गरे प्रधानमन्त्रीको पदै जान सक्छ । यसअघि जयबहादुर चन्दलाई महानिरीक्षक बढुवाविरुद्ध पनि उनी अदालत गएका थिए । 
सिलवाल र अधिवक्ता कपिलदेव ढकालले दायर गरेको छुट्टाछुट्टै रिटमा सुनुवाई गर्दै सर्वोच्चले चन्द बढुवाको निर्णय खारेज गर्दै कार्यक्षमता र ज्येष्ठताका आधारमा महानिरीक्षक नियुक्त गर्न सरकारलाई आदेश दिएको थियो । सर्वोच्चले कार्यसम्पादन र ज्येष्ठतामा सिलवाल नै पहिलो नम्बरमा रहेको समेत स्पष्ट गरेको थियो । यद्यपि मन्त्रिपरिषदले फर्जी कार्यसम्पादन मूल्यांकन तयार पारेर अर्याललाई महानिरीक्षक बनाएको दाबी गर्दै सिलवाल अदालत जाने तयारी गरेका हुन् । 
कानुनका विद्यार्थी समेत रहेका सिलवाल आफैंले मुद्धा तयार पारिसकेका छन् । मंगलबार अदालत खुल्ने बित्तिकै उनले महानिरीक्षक बढुवाको निर्णय कार्यान्वयन नगर्दै माग दाबीसहित अदालतको फैसला अवज्ञा गर्ने प्रधानमन्त्री, मन्त्रीहरु र मन्त्रिपरिषद कार्यालयविरुद्ध मानहानी मुद्धा दायर गर्दैछन् । मानहानी मुद्धामा प्रधानमन्त्री दोषी ठहर भए नैतिक रुपमा सरकार छाड्नुपर्ने आउने कानुनविदहरुको भनाइ छ । ‘प्रधानमन्त्रीविरुद्ध मानहानीको मुद्धा दर्ता गर्ने तयारी भएको छ’, सिलवालनिकट श्रोतले भन्यो, ‘सम्भवतः भोलि (मंगलबार) नै अदालतले फैसला दिन्छ र सरकार जान पनि सक्छ ।’ – काठमाडौँ टुडे
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: