×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नमस्तेको ७ हजार ९५१ कित्ता सेयर भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नमस्ते वित्तीय संस्था लिमिटेडको ७ हजार ९५१ कित्ता सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन हो । नमस्तेले चैत २१ देखि सर्वसाधारण समूहको सात हजार ९५१ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोेकी निवेदन दिनुपर्नेछ । नमस्तेले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । आवेदकले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा नमस्ते वित्तीय संस्थाको प्रधान कार्यालय घोराही दाङमा पुग्ने गरी आवेदन फारम बुभाउनुपर्नेछ । 

 बोलपत्र चैत २८ गते दिउसो ४ बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा खोलिनेछ । नमस्तेको यो लिलामी सेयरमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल नमस्तेको चुक्ता पुँजी चार करोड ६५ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नमस्तेले २७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ४७ पैसा (बार्षिकीकरण) रहेको नमस्तेको प्रतिसेयर नेटवर्थ भने १२३ रुपैयाँ ९४ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: