×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उमेर नै नपुगेका पूर्व आइजिपि खड्गजीत वरालका नाती म्यादी प्रहरीमा पास ?

लाग्ला यो सानो कुरा हो । तर,सोर्स फोर्स र दबाबले नेपालका कुनै पनि  ठाँउ अछुत छैन भन्ने यो एउटा गतिलो उदाहरण छ । त्यसमाथि नेपाल प्रहरीजस्तो संगठन समेत यो मामलामा अछुत रहन सकेन । प्रहरी संगठनको गरिमालाई मेट्नका लागि पूर्व आइजिपि खड्गजीत वराल नै लागिपरे ।
यसैलाई भनिन्छ सानालाई ऐन ठूलालाई चैन । नियम कानुनलाई लत्याउदै उमेर नै नपुगेका पुजन वरालको नाम समेत दबाबका भरमा म्यादी प्रहरीमा निस्किएको छ । पुजन पूर्व आइजिपि खड्गजित वरालका नाती हुन ।
नेपाल प्रहरीले आसन्न स्थानीय निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीको माग गर्यो । जस्मा देशभरबाट म्यादी एक लाख ७२ हजार जनाले आवेदन दिएका थिए। तिनै मध्यका एक थिए अवकाशप्राप्त आइजिपी खड्गजित बराल नाती । उनको उमेर थियो १७ वर्षीय मात्र । उनै पूजन बराल पनि म्यादी प्रहरीमा छनोट भएका छन्। जबकी नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना हुनका लागि उमेर हद १८ वर्ष तोकेको छ ।
नेपाल प्रहरीले माग गरेको आवेदनको तीन नम्बरको वुँदामा स्पस्टसँग लेखिएको छ,म्यादी प्रहरीमा भर्ना हुनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । तर १७ वर्षका पुजन वराल कसरी र कुन आधारमा म्यादी प्रहरीमा फिट भए ? यस्को जवाफ प्रहरी संगठनले दिनुपर्दछ कि पर्दैन ? कि पूर्व आइजिपिको नाती भएकै आधारमा उनलाई कुनै  उमेर हद नलाग्ने हो ।

(तल हेर्नुहोस प्रहरीको सूचना)
पुजन खान लगाउन नपुग्ने मान्छे पनि होइनन् । चिकित्सक आमा–बाबुका छोरा पूजनले महानगरीय प्रहरी परिसर काठमाडौंबाट म्यादीमा आवेदन दिएका थिए। उनका पिता रञ्जित बराल बल्खुस्थित बयोधा अस्पतालमा मुटु रोग र आमा प्रा.डा. ज्योति बराल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा प्रसुति तथा स्त्री रोग विशेषज्ञका रुपमा कार्यरत छिन्।
प्रहरीले निकालेको सूचना हेर्नुहोस  
myadi-prahari-vacancy-2073-12-10
-एस काठमाडौं 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: