×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महतोलाई ‘कल ब्याक’ गर्छु भन्दै प्रचण्डले निधीको कोट पाइन्ट फुकाले

काठमाडौं – सोमबार दाङको चुनावी सभामा जान ठीक्क परेका उपप्रधानमन्त्री एंव गृहमन्त्री निधिलाई प्रधानमन्त्री प्रचण्डले कोट पाइन्ट फेर्न लगाए । ‘तपाईको टिकट क्यान्सिल भयो । आचारसंहिताले पनि तपाईलाई त्यहाँ जान मिल्दैन ।’टेलिफोन गर्दै प्रचण्डले भने,‘काठमाडौं छाडेर अन्यत्र कतै नजानुुस् । फोन राखे ।’
गृहमन्त्री निधि दाङमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा भाग लिन जान लागेका थिए । उक्त आयोजित कार्यक्रममा सभापति देउवासहित वरिष्ठ नेताहरुको सहभागिता रहेका छन् । तत्काल प्रधानमन्त्री प्रचण्डले फोनसम्पर्क गरेसँगै उनको यात्रा विफल भयो । बिहान ९ बजे निधिको भैरहवाका लागि टिकट बुकिङ गरिएको थियो । यससँगै प्रधानमन्त्रीले गृहमन्त्री निधीको टिकट क्यान्सिल गराएका हुन् ।
यससँगै बालुवाटारमा १० बजेका लागि बोलाइएको मधेसी मोर्चासँगेको बैंठकपनि स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले सूचना दिएको छ ।  सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायतका अन्य नेताहरु बीच बाटोबाटै फर्किएका छन् । ‘प्रधानमन्त्रीसँग सम्पर्क भएको थियो तर तत्काल प्रधानमन्त्रीज्यूको काम परेर व्यस्त हुनुभएकोले हामी फर्कियौँ ।’महतोले भने,‘अब हेरौँ उहाँको व्यस्त समय सकिएपछि कलब्याक होला ।’- एस काठमाडौं 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: