×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालकृष्ण ढुंगेलबारे सरकारले दियो सनसनीपूर्ण जवाफ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ बैशाख २०७४, शनिबार

PRIME CA
laxmi sunrise bank

बालकृष्ण ढुंगेलबारे सरकारले दियो सनसनीपूर्ण जवाफ

काठमाडौं – बालकृष्ण ढुंगेलबारे सरकारले सनसनीपूर्ण जवाफ दिएको छ । हत्या अभियोगमा सर्वोच्च अदालतबाट सर्वास्वसहित आजीवन कारावासको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल सुरक्षा निकायसँग लुकेर भागेका कारण पक्राउ गर्न नसकिएको गृहराज्यमन्त्रीले खुलासा गरेका छन ।
एक संचारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा राज्यमन्त्री ईन्द्र बानियाँले बालकृष्ण ढुंगानाका विषयमा सुरक्षा निकायलाई केही थाहा नभएको दाबी गरे । ‘बालकृष्ण ढुंगेल कहाँ छन् हामीलाई थाहा छैन’, उनले भने, ‘थाहा पाएर सूचना उपलब्ध गराइदिनु भयो भने पक्राउ गर्ने छौँ ।’
गृहराज्यमन्त्री बानियाँले बालकृष्ण ढुंगले नेपालमै नरहेको बताएका छन । उनले भने, ‘बालकृष्ण ढुंगेललाई पक्राउ गर्न त स्वदेश मै हुनु पर्‍यो नि ?’ राज्यमन्त्री बानियाँलाई के थाहा रहेन छ भने बालकृष्ण ढुंगेल कहिले राजधानी, कहिले ओखलढुंगामा खुलेआम हिँडिरहेका छन् भन्ने ।
कानून कार्यान्वयन गर्न नेपाल प्रहरी कटिवद्ध रहेको बताएका राज्यमन्त्री बानियाँले भने, ‘सर्वोच्च अदालतले हत्या अभियोगमा सजाय तोकेको व्यक्तिलाई भेटाएका छैनौँ । फरार छन् । प्रहरीले देख्नु पर्‍यो । देखेपछि समात्छौँ ।’
ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या अभियोगमा आजीवन काराबासको सजाय पाएका बालकृष्ण ढुंगेललाई एकसाताभित्र पक्राउ गर्न सर्वोच्च अदालतले वारेन्ट जारी गरेकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: