×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

केपी ओलीले ‘ध्रुवे हात्ती’ भनेपछि सीता र प्रकाश लिएर सुकुटे पुगे प्रचण्ड !

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आरामका सपिवार सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । सोमबार साँझ सुकुटे पुगेके उनले रात त्यहीं बिताए । सिन्धुपाल्चोकका नेता कार्यकर्तासँग भेटघाटका लागि भन्दै प्रधानमन्त्री पत्नी सिता, स्वकीय सचिवसमेत रहेका छोरा प्रकाशसहित सचिवालयका केही सहयोगी लिएर राति सुकुटे पुगेका थिए । उनी काठमाण्डुमा राजनीतिक तनाव बढेपछि बेलाबेला आराम लिन सुकुटे पुग्ने गरेका छन् ।
प्रचण्डसँगै नेता अग्नि सापकोटा, प्रदेश नम्बर–३ का इन्चार्ज हितमान शाक्य र सह–इन्चार्ज हितमान शाक्य पनि सुकुटे पुगेका थिए । संयोगले प्रुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीले व्यवस्थापिका–संसदमा चर्को आलोचना गरेलगत्तै प्रचण्ड सुकुटे हिंडेका थिए । सोमबारको संसद बैठकमा सभामुखसँग विशेष समय लिएर बोलेका ओलीले प्रचण्ड सरकारलाई ‘चितवनको ध्रुवे हात्ती’ सँग तुलना गरेका थिए ।
यद्यपि प्रचण्डका पूर्वअंगरक्षक समेत रहेका माओवादी सिन्धुपाल्चोकका नेता एवं वाइसीएलका उपाध्यक्ष युवराज दुलालले पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अध्यक्ष सिन्धुपाल्चोक आएको बताए । आफूहरुले संगठन सञ्चालनका सवालमा पार्टी केन्द्रका कतिपय तरिकासँग असहमति जनाउँदै सामूहिक राजीनामा दिएको र लामो समयदेखि भेट्न खोजेकाले प्रचण्ड आएको उनको दाबी थियो । माओवादी केन्द्रका सिन्धुपाल्चोक घर भएका ७० केन्द्रीय सदस्यले केही महिनाअघि नै सामूहिक राजीनामा दिएका थिए । तर राजीनामा अझै स्वीकृत भएको छैन ।
सुकुटेमै मंगलबार बिहान बसेको बैठकमा प्रचण्डले राजीनामालाई वि द्रोको संज्ञा दिए । तर राजीनामा दिनेहरुको नियत पार्टीलाई कमजोर बनाउने नभई राम्रो बनाउने भएको टिप्पणी उनको थियो । राजीनामाबारे आगामी महाधिवेशनमा छलफल हुने उनले बताए ।
‘अध्यक्ष कमरेड सुकुटे आउनुभएको सत्य हो । तर आरामका लागि होइन । हामीले पार्टी केन्द्रका कपितय विषयमा रिजर्भेसन राखेर सामूहिक राजीनामा दिएका थियौं । त्यसयता उहाँसँग सिधा कुरा भएको पनि थिएन । जिल्लामै आएर कुरा बुझ्न आग्रह गरेपछि उहाँ आउनुभएको हो’, दुलालले काठमाण्डु टुडेसँग भने । उनका अनुसार बैठकमा प्रचण्डले माओवादीलाई स्थानीय निर्वाचनमा हार्ने छुट नभएको भन्दै सबै विषय छाडेर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन् । प्रचण्ड बिहानको खाना सुकुटेमा खाएर राजधानी हिंडेका छन् । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: