×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राधी विद्युत कम्पनीको आइपीओ बैशाख ४ गतेदेखि खुल्दै

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं : राधीले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई बैशाख ४ गतेदेखि चार लाख १० हजार कित्ता आइपीओ बिक्री गर्ने भएको छ । राधीले अति प्रभावित साविक घेर्मु गाविसका स्थानीयलाई दुई लाख ४६ हजार र न्यून प्रभावित ताघ्रिङ् गाविसका स्थानीय बासिन्दालाई एक लाख ६४ हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । राधीले एक सय रुपैयाँको दरले अति प्रभावित क्षेत्रका स्थनीयलाई ६०% र न्यून प्रभावित क्षेत्रका स्थानीयलाई ४०% आइपीओ बिक्री गर्न लागेको हो । आइपीओमा बैशाख १९ गतेसम्म आवेदन दिन पाइनेछ । यो अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने जेठ २ गतेसम्म भर्न पाइनेछ । यसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ हो ।
लगानीकर्ताले नबिल बैंक, ओम डेभलपमेन्ट बैंक र कैलाश विकास बैंकको लमजुङ शाखाबाट आवेदन फारम लिन र बुझाउन पाउनेछन् । यसैगरी, राधी हाइड्रो पावरको पावर स्टेशन, घेर्मु ३, लमजुङबाट पनि दरखास्त दिन पाइनेछ । राधीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ र जारी पुँजी ४१ करोड रुपैयाँ छ । जारी पुँजीमध्ये ३० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । कम्पनीले जारी पुँजीको १०% सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई बेच्न लागेको हो । यसपछि कम्पनीले कम्पनीले ६ करोड १५ लाख रुपैयाँको आइपीओ सर्वसाधारणलाई बिक्री गरेर जारी पुँजी पुर्याउने लक्ष्य लिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: