×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राधीको स्थानीय बासिन्दाका लागि आइपीओ खुल्यो, यी ठाउँबाट भर्न सकिन्छ फारम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बैशाख ४ गतेदेखि राधी विद्युत कम्पनीले स्थानीय बासिन्दाको लागि  चार लाख १० हजार कित्ता आइपीओ बिक्री सुरु गरेको छ । राधीले अतिप्रभावित साविक घेर्मु गाविसका स्थानीयलाई दुई लाख ४६ हजार र न्यून प्रभावित ताघ्रिङ् गाविसका स्थानीय बासिन्दालाई एक लाख ६४ हजार कित्ता साधारण सेयरको बिक्री थालेको हो । राधीले एक सय रुपैयाँको दरले अति प्रभावित क्षेत्रका स्थानीयलाई ६०% र न्यून प्रभावित क्षेत्रका स्थानीयलाई ४०% आइपीओ बिक्री गरेको हो । आइपीओमा बैशाख १९ गतेसम्म आवेदन दिन पाइनेछ । यो अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने जेठ २ गतेसम्म भर्न पाइनेछ । 
 
राधीको आइपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाले न्यूनतम ५० कित्तादेखि अधिकतम चार हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । लगानीकर्ताले नबिल बैंक, ओम डेभलपमेन्ट बैंक र कैलाश विकास बैंकको लमजुङ शाखाबाट आवेदन फारम लिन र बुझाउन पाउनेछन् । यसैगरी, राधी हाइड्रो पावरको पावर स्टेशन, घेर्मु ३, लमजुङबाट पनि दरखास्त दिन पाइनेछ । 

(नोट : राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका कारण सरकारले सोमबार सार्वजनिक विदा दिएकाले बैंकिङ कारोबार हुँदैन । सोमबारदेखि सेयर कारोबार खुला भए पनि स्थानीय बासिन्दाले मंगलबारदेखि मात्रै सहजरुपमा सेयर भर्न सक्नेछन् । )
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: