×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२६ वर्षको सम्बन्ध एघार लाखमा टुंगियो, दीक्षा चापागाईको गुणगान

काठमाडौँ – सात जुनी सँगै बाँच्ने,सँगै मर्ने कसम खाएर २६ वर्ष अगाडि कञ्चन शर्मा र मोहन जैसीबीच विवाह वैवाहिक सम्बन्धमा बाँधिएका थिए । तर यो जोडीको सुन्दर परिवारमा कुन्नी कुन दैवको आँखा लाग्यो विवाह बन्धनमा बाँधिएको २६ वर्षमै त्यो प्रेमसम्बन्ध अन्तत पैसामा पुगेर अनुवाद भयो ।
जुन हातले छत्रछाँया न्यौपाने (कञ्चनको आमा)ले २६ वर्ष अगाडि छोरी मोहन जैसीलाई कन्यादान दिएकी थिइन ।  २६ वर्ष पछाडि उही हातले उनी मोहनसँग ११ लाख रुपैंया लिँदै थिइन । यो उराठ लाग्दो  दृश्य थियो उनै छत्रछाँया बस्दै आएको घट्टेकुलोको । मोहन जैसीले कञ्चन शर्माको भरण पोषण्का लागि भन्दै नगद एघार लाख रुपैंया सासु छत्रछाँयाको हातमा सुम्पिए र उनीहरुबीच आधिकारिक रुपमा सम्बन्ध विच्छेद भयो । यसमा सहजकर्जा रहिन वकिल कुमारी खरेल ।
मोहनले उक्त रकम सासु छत्रछाँयाको हातमा राखिदिए र भावुक हुँदै मानवीय नाताले जीवन निर्वाहका लागि यो रकम दिन लागेको बताए । ११ लाख रुपैयाँ सासु छत्रमायाको हातमा राखेर उनी कञ्चनको मुखै नहेरी त्यहाँबाट बाहिरिए । उनी बाहिरिएको केही समय पछाडि कञ्चन शर्मा त्यहाँ आइपुगिन ।
कञ्चन माइतीमा वृद्ध आमालाई भेट्न नभई पूर्व पतिले दिन लागेको पैसाका लागि आएकी थिइन्। कोठामा छत्रछाँया र कञ्चनका अलावा छत्रछायाकी जेठी छोरी निर्मला पोखरेल, उनका भाइका छोरा मोहनराज चापागाईं थिए । घट्टेकुलो स्थित उनकै माइतीपक्षका आफन्तलाई साक्षी राखेर मोहनले आमालाई दिएका ११ लाख रुपैंया नगद रकम बुझेको कागजमा कञ्चनले हाँस्दै हस्ताक्षर गरिन् । उनले यसरी पैसा पाउनुको जस दीक्षा चापागाईंलाई दिइन।
कान्तिपुर टिभीको ‘सुमनसँग’कार्यक्रम मार्फत विवादमा तानिएकी कञ्चन शर्मा र मोहनका दुई छोरा छन ।  एघार लाख नगद रकम लिएसँगै उनीहरु अब कानुनी रुपमै अलग भएका छन । – एस काठमाडौं 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: