×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्ड पुत्री भन्छिन- छिः छिः बुबासँग नाम जोडेको मलाई मन पर्दैन

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाले चितवनको भरपुर नगरपालिकाको मेरयमा उम्मेदवारी दिने पक्कापक्की भएको छ । शुक्रबार चतरपुरको कृष्णपुरस्थित माओवादी चितवनको कार्यालयमा आयोजित कार्यक्रममा रेणुको उम्मेदवारी घोषणा भयो । रणुले आफूलाई प्रचण्डको छोरीका रुपमा मात्र नबुझ्न आग्रह गरेकी छन् । पार्टीमा लामो समय योगदान गरेको भन्दै उनले योगदानको सम्मान गर्न भनिन् । बुबाको रुची विपरीत उम्मेदवार बन्नुभयो रे नि भन्ने प्रश्नको उनले प्रतिवाद गरिन् । बरु बुबाको समर्थन रहेको बताइन् । बुबाको समर्थनकै कारण आफू उम्मेदवार बन्न सम्भव भएको उल्लेख गरिन् ।
प्रस्तुत छ रेणुसँग काठमाण्डुटुडेले गरेको कुराकानीको सम्पादित अंशः–
बुबाको इच्छा नहुँदा नहुँदै भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएछ नि ?
छिः छिः यस्तो कुरै नगर्नुस् । तपाईंलाई कसले भन्यो यो कुरा ? मलाई जवाफ दिनुस । त्यस्ता कुरामा कुनै सत्यता छैन । मेरो उम्मेदवारीसँग त्रसित भएका मानिसहरुले हल्ला चलाएका हुन सक्छन् । बुबा हाम्रो पार्टीको अध्यक्ष हो । पार्टी अध्यक्षको पटक्कै चाहना नभएको भए म कसरी उम्मेदवार हुन सक्थें र ?

तपाईंलाई चितवनमा कसैले चिन्दैनन् रे, प्रचण्डको छोरी भएकै आधारमा मात्र कसरी जित्नुहोला त ?
म २० वर्षको उमेरसम्म चितवनमा थिएँ । अहिले ४२ वर्षको भएँ । १० वर्ष जनयुद्धमा बिताएँ । करिब १२ वर्ष शान्ति प्रक्रियामा आएपछि काठमाण्डुमा बिताएँ । म २० वर्षपछि चितवन फर्केको कुरा साँचो हो । तर, मलाई कसैले चिन्दैनन यो कुरा साँचो होइन । म यहीं जन्में, यहीं पढें । बाहिर बसेर पनि मैले जिल्लाका लागि कामहरु गर्दै आएको छु । म चितवनकी छोरी हुँ । त्यसैले यहाँको उम्मेदवार हुनु मेरो अधिकार हो । हल्ला गरिएजस्तो म सबैका लागि अपरिचित हुँदै होइन ।
तपाईंको उम्मेदवारीप्रति मानिसहरुको प्रतिक्रिया के छ थाहा छ ?
एकैदमै सकारात्मक प्रतिक्रिया छ । मेरो पार्टीका साथीहरु र मतदाताहरु खुसी छन् । सबैले शुभेच्छा दिइरहनुभएको छ । सबैको सदीक्षाबाट उत्साहित भएकी छु ।
भतरपुरमा तपाईंको पार्टीमा लागेका अरु कोही पनि मेयरका उम्मेदवार बन्ने हैसियतका थिएनन् र तपाईं काठमाण्डुबाट जानुपरेको ?
हाम्रो पार्टी नेतै नेताहरुको पार्टी हो । हाम्रोमा मेयरका लागि दर्जनौं साथीहरु योग्य हुनुहुन्छ । तर मलाई यहाँको पार्टीले सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो । उहाँहरुलाई सोधे पनि थाहा हुन्छ । मेरो कुनै दाबी थिएन । मैले मागेर पाएको पनि होइन । मेरो उम्मेदवारीप्रति पार्टीभित्र एक जनाको पनि असन्तुष्टि छैन । सबैको समर्थन मलाई नै छ । मेरो उम्मेदवारीले पार्टीभित्र थप एकता पैदा गरेको छ । पार्टीभित्रको एकता नै मेरो जितको आधार हो ।
उम्मेदवारी घोषणाका क्रममा म मेयर भएँ भने चितवनलाई केन्द्रीय सत्तासँग जोड्ने काम गर्छु भन्नुभएछ, त्यो भनेको बुबालाई देखाएर मतदातासँग ‘इमोशनल ब्ल्याकमेल’ गर्न खोज्नुभएको हो ?
मैले कहिल्यै प्रचण्डकी छोरी भनेर घमण्ड गरेकी छैन । कोही एकजनाले सार्वजनिक रुपमा भनिदेओस् प्रचण्डकी छोरीका नाममा कुनै बदमासी गरेको भए त्यसको भागिदार हुन तयार छु । उहाँ हाम्रो बुबा हो । तर, सँगसँगै मैले २० वर्षसम्म यो पार्टीमा लगानी गरेको छु । आन्दोलनमा प्रत्यक्षरुपमा संलग्न छु । हिजोका दिनमा हाम्रो सबै परिवार ज्यान जोखिममा राखेर जनयुद्धमा सहभागी भएको थियो । हामीले कुनै दिन सुख सयलको जिन्दगी बिताएनौं । नेताका छोरी भएर कुनै अतिरिक्त सुविधा लिएको छैन । हाम्रो आफ्नै योगदान छ, पहिचान छ । हाम्रो पार्टीभित्र यो कुरामा कसैलाई भ्रम होलाजस्तो लाग्दैन । मैले भन्न खोजेको के मात्र भने काठमाण्डुमा बसेर १० वर्षसम्म काम गर्दा स्थापित भएको मेरो सम्बन्धहरुलाई भरतपुरको विकासमा उपयोग गर्न चाहन्छु । बुबासँग जोडेर मात्र मलाई नहेरिदिन मेरो आग्रह छ ।
चुनावमा कति पैसा खर्च गर्ने योजना छ ?
मैले यत्ति नै खर्च होला भन्ने सोचेको छैन । भरतपुरमा हाम्रो ठूलो पार्टी कमिटी छ । पहिल्यैदेखि हाम्रा समर्थकहरु धेरै भएको ठाउँ हो भरतपुर । पार्टी बलियो भएको हुनाले धेरै खर्च गर्नुपर्दैन । किनकी साथीहरु सबै आ–आफ्नै ढंगले सक्रिय हुनुभएको छ । आर्थिकबारे योजना बनाएको छैन । त्यसको विषयमा संस्थागत र सामूहिक हिसाबले नै सोच्ने कुरा हुन्छ । म चाहिं कसैसँग एक रुपैयाँ पनि सहयोग चाहियो भनेर हात थाप्न जान्न ।
चुनावमा पैसा त अवश्य खर्च हुन्छ, बुबासँग त्यसबारे कुरा भएको छैन ?
अहिलेसम्म उहाँसँग चुनावका लागि भनेर एक रुपैयाँ लिएको छैन । सायद लिन्न पनि । संस्थागत रुपमा पार्टी केन्द्रले महानगरको मेयरले कति आर्थिक सहायता पाउने भन्ने निर्णय गरेको छ । पार्टीले संस्थागत निर्णय गरेर दिने सहयोग बाहेक अरु बुबासँग पनि माग्दिन ।
तपाईं निर्वाचित हुनुभयो भने भरतपुरका जनताले के पाउँछन् ?
भरतपुर भौतिक पूर्वाधार विकासका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र हो । यहाँ खाली जमिन पर्याप्त छ । काठमाडौँमा जस्तो विकासका लागि जमिन नभएको ठाउँ यो होइन ।
पर्याप्त छ । खाली जमिन पर्याव्त छ । काठमाडौँमा जमिन पनि छैन । जति पूर्वाधार निर्माण भएको छ, ती सबै अव्यवस्थित छ । सुरुमै व्यवस्थित सहरको विकास नभएकाले काठमाण्डुमा नयाँ विकास गर्न गाह्रो छ । तर, चितवनमा त्यो जटिलता छैन । चितवन अस्पताल र शिक्षाको सहर हुने प्रसस्त आधार छ । मुलुकको बीच भागमा छ । साधन स्रोत प्रसस्तै छ । भरतपुरलाई आधुनिक र व्यवस्थित सहरका रुपमा विकास गर्ने सम्भावना धेरै छ । मैले जितें भने भारतपुरलाई विश्वकै सुन्दर सहर बनाउने छु । काठमाण्डुमा भन्दा पहिला चितवनमा मेट्रो रेल गुडाएर देखाउँछु । यो मेरो कुनै चुनावी नारा होइन । मेरो सपना हो, यो मेरो बाचा र प्रतिबद्धता हो ।

तपाईंलाई परिवारभित्रैबाट चुनावमा नजान सुझाव आएको थियो रे किन त्यो सुझावलाई बेवास्ता गर्नुभयो ?
चुनावमा नजान होइन, बरु जान सबैले सुझाव दिनुभएको थियो । मेरो परिवार यो कुरामा एकमत छ । एकढिक्का भएर मेरो समर्थनमा उभिन्छ । मेरो परिवार नै मलाई जिताउन केन्द्रित भएर लागेको छ । चिनवनमा जति पनि हाम्रा आफन्तहरु हुनुहुन्छ सबै मेरो प्रचारमा हिंडिसक्नुभएको छ ।
तपाईंको उम्मेदवारीले बुबाको राजनीतिलाई अप्ठेरो पर्ने चर्चा पार्टीभित्रै चलेको छ, तपाईं मेयरमा र उहाँ संसदीय चुनावमा एकै ठाउँबाट चुनाव लड्मा त्यसको मनोवैज्ञानिक असर मतदातामा पर्छ भन्ने तर्क छ नि ? 
मेरो कारणले बुबाको राजनीतिलाई कसरी अप्ठेरो पर्छ ? बरु सहयोग पुग्छ । म सबैलाई चितवनमा सबैका लागि स्वीकार्य पात्र हो । कसैलाई अस्वीकार्य छैन । म उठ्दा पार्टी बलियो हुन्छ । बलियो पार्टीको शक्तिमा चुनाव लड्न सजिलो हुन्छ । पार्टी बलियो भने भने बुबालाई र पार्टीलाई चुनाव जित्न सहज हुन्छ । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: