×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सगरमाथा फाइनान्सले कमाए १० करोड भन्दा बढी खुद नाफा

 

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सगरमाथा फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १० करोड १४ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सेञ्चुरी बैंकले एक्वायर गर्न लाग्दा फाइनान्स गत वर्ष भन्दा ६२.९७% ले खुद नाफा बढाउन सफल भएको छ । गत वर्षको तेस्रो त्रैमासमा सगरमाथाको खुद नाफा ६ करोड २२ लाख ४४ हजार रुपैयाँ मात्र थियो । फाइनान्सले यो त्रैमासमा १३ करोड ७८ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी पनि गत वर्ष भन्दा ५८.७६% ले वृद्धि गरेको हो ।

सगरमाथाले ७२ लाख ८६ हजार रुपैयाँ राइट ब्याक गरेको छ । यो फाइनान्सले तेस्रो त्रैमाससम्म आइपुग्दा ४ अर्ब ३२ करोड २४ लाख ८४ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ५७ करोड ८१ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सगरमाथाले खराब कर्जामा सुधार गरेर २.६६% मा ल्याएको छ । गत वर्ष खराब कर्जा ३.८३% थियो ।

सगरमाथाको चुक्ता पुँजी १०८.५३% ले बढेर ६६ करोड ४७ लाख ३७ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजीसँगै रिजर्भ कोषलाई पनि ८८.०९% ले वृद्धि गर्न फाइनान्स सफल देखिएको छ । तेस्रो त्रैमासमा फाइनान्सको रिजर्भ कोष ३३ करोड ४ लाख ८५ हजार रुपैयाँको भएको छ । सगरमाथाको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ७२ पैसा छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: