×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा बैंकको ३०% हकप्रद खुल्यो, कुन ठाउँबाट फारम भर्ने ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सानिमाको आइतबार देखि ३०% हकप्रद सेयर बिक्री खुला भएको छ । बैंकले १०ः३ को अनुपातमा एक करोड ५९ लाख १७ हजार ६१७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।  हकप्रदको मूल्य प्रतिकित्ता १०० रुपैयाँ हुनेछ भने जेठ २१ गते सम्म भर्न पाइनेछ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले ३०% हकप्रद सेयर बिक्री बिक्री खुला गरेको हो । कम्पनीको यस हकप्रदमा चैत १७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।  
फारम भर्ने ठाउँ 
सानिमाको हकप्रदमा बिक्री प्रबन्धक सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरका लागि आवेदकहरुले सिविआईएल क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजार काठमाडौंबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी सानिमा बैंकको केन्द्रीय कार्यालय अलकापुरी, नक्साल काठमाडौं र बैंकका अधिकांश शाखा कार्यालयहरु तथा सानिमा क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । संस्थापक सेयरधनीहरुको हकमा भने दरखास्त फारम सानिमाको केन्द्रीय कार्यालय र शाखा कार्यालय हरिवन सर्लाहीबाट मात्र बुझिलिने ब्यवस्था गरिएको छ । 
दरखास्त फारम बुझाउने क्रममा संस्थापक सेयरधनीहरुले भने आफ्नो आयस्रोत सम्बन्धी सम्पुर्ण विवरण तथा कर चुक्ताको प्रमाणपत्र पनि बुझाउनुपर्नेछ । त्यस्तै हकप्रद सेयर हस्तान्तरण गर्नेे सेयरधनीहरुको हकमा भने दरखास्त फारम बैंकको सेयर रजिष्ट्रार कार्यालय सानिमा क्यापिटल लिमिटेडबाट मात्र बुझिने व्यवस्था गरिएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: