×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थlले कमाए ९५ करोड ७० लाख खुद नाफा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थ बैंकले ९५ करोड ७० लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  गत वर्षको यही अवधिको तुलनामा यो नाफा २१.८०% ले बढी हो । गत वर्ष तेस्रो त्रैमासमा सिद्धार्थले ७८ करोड ५७ लाख १ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानीमा आकर्षक ढंगले बढोत्तरी गर्न सफल भएको छ । समग्र नाफा वृद्धिमा ब्याज आम्दानीको प्रमुख हिस्सा देख्न सकिन्छ । बैंकले खुद ब्याज आम्दानीमा गत वर्षको तेस्रो त्रैमासको तुलनामा ३९.५२% वृद्धि गर्दै १ अर्ब ८६ करोड ९४ लाख १८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष सिद्धार्थको खुद ब्याज आम्दानी १ अर्ब ३३ करोड ९८ लाख ६४ हजार रुपैयाँ मात्र थियो । यस अवधिसम्म आइपुग्दा बैंकले निक्षेप पनि ५३ अर्बबाट बढाएर ७५ अर्ब २७ करोड ५८ लाख ५७ हजार पुर्याउन सफल भएको छ । सिद्धार्थले तेस्रो त्रैमासमा ६६ अर्ब २६ करोड ३ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । 
 
सम्भावित जोखिमका लागि ३७ करोड ५० लाख ७३ हजार रुपैयाँ छुट्याएको सिद्धार्थले यही बेला १४ करोड २२ लाख ४६ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । यो त्रैमाससम्म आइपुग्दा बैंकको खराब कर्जा थोरै बढेको छ । गत वर्ष १.१६% रहेको यस्तो कर्जा अनुपात यसपटक १.७१% पुगेको छ । चुक्ता पुँजी ५ अर्ब २५ करोड ८ लाख ५९ हजार रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा भने २ अर्ब ८२ करोड ३० लाख ६७ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी बढ्दै जाँदा सोही अनुपातमा जगेडा कोषलाई पनि मजबुत बनाउँदै जानुपर्ने चुनौती सिद्धार्थलाई पनि परेको छ । भर्खरै मात्रै सिद्धार्थले ३०% हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: