×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सपना चकनाचुर भएपछि प्रधानन्यायधीश सुशीला कार्कीलाई हटाउने बाटो खोज्दै देउवा

काठमाडौँ – नवराज सिलवाललाई पक्राउ गर्ने योजना असफल भएपछि तिलमिलाएका कांग्रेस सभापति शेरबहादुर देउवा सहितको एउटा समूह प्रधानन्यायाधीश सुशील कार्कीलाई हटाउने अभियानमा सक्रिय रहन थालेका छ । प्रधानमन्यायधीश कार्कीलाई महाअभियोग लगाएर भए पनि हटाउने विषयमा नेपाली कांग्रेसले गोप्य छलफल चलाएको स्रोतले दाबी गरेको छ । 
स्रोतका अनुसार उक्त छलफलमा बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, सुशील पन्त लगाययतका कानुनविद्हरु सहाभागी थिए । स्मरण रहोस, पन्त अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको तर्फबाट बहस गर्ने कानुन व्यवसायी हुन र उही लोकमानलाई मकहाभियोग लगाएकै शैलीमा प्रधानन्यायधीश कार्कीलाई महाभियोग लगाएर हटाउने सम्बन्धमा सभापति देउवाले कानुनविद्हरुसँग छलफल गरेका हुन ।
स्रोतका अनुसार,प्रधानन्यायधीश कार्कीलाई महाअभियोग लगाउने विषयमा देउवा निवास वूढानिलकण्ठमा छलफल भएको छ । पछिल्लो समय सर्वोच्च अदालतले सरकार र कांग्रेसमाथि हस्तक्षेप गरेको सभापति देउवाले निस्कर्ष निकालेका छन् । कांग्रेस सभापति देउवाले महाअभियोग लगाउने आधार र प्रक्रियाका विषयमा बुधवार केही कानुन ब्यवसायीलाई निवासमा नै बोलाएर छलफल गरेको जनाइएको छ । शीर्ष दलहरुको बैठक बस्नुअघि उनले महाअभियोग लगाउने विषयमा छलफल गरेको स्रोतले दावी गरेको छ ।
देउवाको इन्ट्रेस्ट थियो आफ्नै क्षेत्रका जयबहादुर चन्दलाई आइजीपी नियुक्त गर्नै सो योजनालाई उनै सुशीला कार्कीले इजलाशले रोकिदिएको थियो । यस पछाडि उनै देउवाले अर्काे अस्त्र चाले नवराज सिलवाललाई सरकारी कागजात दलुरुपयोग गरेको आरोप लगाई थुन्ने यो प्रयासलाई समेत सर्वाेच्च अड्चन थासिपदियो । सिलवाललाई १९ गतेभन्द्या अगाडि पक्रेर जेल हाल्ले उनीहरुको योजना भाँडिएपछि विचलित भएका देउवाले कानुन व्इवसायीहरुलाई आफ्नो निवासमा बोलाएर छलफल चलाएका हुन ।
पछिल्लो समय आईजिपी नियुक्तिका विषयमा सर्वोच्च अदालतले गरेको अल्पकालिन अन्तरिम आदेश ‘प्रहरी ऐन र नियमावली विपरित आएको भन्दै कार्कीमाथि महाअभियोग लगाउनु पर्छ भन्ने विषयले प्राथमिकता पाएको छ । देउवाले बरिष्ठ अधिवक्ता अधिकारीलाई हरेर ड्राफ्ट तयार गर्न समेत आग्रह गरेका थिए । केही कानुन व्यवसायीले कार्की विदा हुने बेला त्यस्तो निर्णय लिदा कांग्रेसलाई नै बेफाइदा हुने भएकाले त्यस्तो कदम चाल्न सुझाएका थिए । – एस काठमाडौं 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: