×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुरु भयो बैंकिङ एक्स्पो २०१७ : आयोजकको चरम लापरवाही, सहभागी संख्या अत्यन्तै न्यून !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – काठमाडौँको भृकुटीमण्डपमा ‘बैंकिङ एक्स्पो २०१७’ सुरु भएको छ । मिडिया इन्टरनेशनलको आयोजनामा सुरु भएको उक्त एक्स्पो ३ दिनसम्म अर्थात बैसाख १५, १६ र १७ गते चल्नेछ । उक्त कार्यक्रम नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवी नेपालले उद्घाटन गरेका छन् भने कार्यक्रमको उद्घाटन शत्रमा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसन लगायतकाका प्रतिनिधि उपस्थित भएका थिए ।
आमन्त्रित अतिथिहरुलाई आयोजकले विभिन्न स्टल घुमाउँदा देखिएको भीड 
कार्यक्रममा विभिन्न बैंक, नेपाल राष्ट्र बैंक, लगायतका स्टलहरु छन् । आज करिव ११ बजे उद्घाटन भएको यो एक्स्पो भोलि र पर्सी भने विहान १० बजेदेखि साँझ ५ बजेसम्म  आयोजना हुनेछ । कार्यक्रममा ५ लाख हाराहारी अवलोकनकर्ताले भाग लिने कार्यक्रमका संयोजक माधव निर्दोषले बताएका छन् । 
आफ्नो स्टलमा कोहिपनि नआएपछि सबै मोबाइलमै व्यस्त 
सहभागी संख्या अत्यन्तै न्यून !
एक्स्पोमा सहभागी संख्याभने निकै न्यून देखिएको छ । एक्स्पोमा सहभागी भएका बैंकका कर्मचारी र केहि आमन्त्रित अतिथिबाहेक कार्यक्रममा अरुको खासै सहभागीता देखिएन । कार्यक्रमको उद्घाटन शत्रमा अर्थ सरोकार डटकमका प्रतिनिधि पुग्दा कार्यक्रममा स्टल राखेका कर्मचारी, आमन्त्रित सीइओहरु र केहि मिडियाकर्मी बाहेक कार्यक्रममा कोहिपनि सहभागी भएका छैनन् । 
स्टलमा कोहि पनि नआएपछि मोबाइल चलाएर बसेका बैंकर 
एक्स्पो सुरु भएको समयदेखि यो समाचार तयार गर्दा अर्थात ३ बजेसम्म  आमन्त्रित अतिथि, सहभागी बैंकका कर्मचारी र पत्रकारबाहेक एक्स्पो हेर्न आउनेहरुको संख्या ५०० पनि पुगेको छैन । आजकै स्थिति हेर्ने हो भनेपनि कार्यक्रममा बाहिरबाट आउने ‘एक्चुअल भिजिटर’ १००० जनापनि नपुग्ने भएको छ । 
आफ्नो स्टलमा कोहिपनि नआएपछि मोबाइल चलाएर बसेकी बैंकर  
कार्यक्रममा न्यून उपस्थिति भएपछी आयोजक र सहभागी बैंकका कर्मचारीपनि निराश भएका छन् । सुरुमा अतिथिहरुले कार्यक्रम अवालोकन गर्दा केहि रौनक देखिएपनि आफ्नो बैंकका ‘प्रोडक्ट’हरुबारे बुझाउन बसेकाहरु काम नपाएर मोबाइलमा फेसबुक चलाएर बसेका छन् । ५ लाख अवलोकनकर्ता आउने दावी गर्ने आयोजक संस्थाका संयोजक माधव निर्दोषसँग हामीले, ‘यहि तालले त ५०० पनि भिजिटर नआउने भए नि ?’ भनी सोध्दा उनले, ‘भर्खर त कार्यक्रम सुरु भयो’ भनी टार्दै हामीसँग बोल्न चाहेनन् । उनीसंग हामीले कुराकानी गर्दा झन्डै २ बजेको थियो ।
अवलोकनकर्ताको पर्खाइमा बैंकरहरुको समूह 
आयोजकको लापरवाही !
आयोजकको पारा देख्दा एक्स्पोमा बैंकहरुको स्टल राखेर पैसा कमाउने उदेश्यमात्र देखिएको छ । कुनै स्टलमा पंखा जोडिएको छ भने कुनैमा छैन । यसकारण केहि बैंकका स्टलहरुमा गर्मीका कारण बस्न सक्ने स्थिति नभएको गुनासो सम्बन्धित बैंकका कर्मचारीहरुले राखेका छन् । कार्यक्रम सम्बन्धि प्रचारप्रसारपनि पुगेको छैन । सधैंजसो विभिन्न कार्यक्रम भइरहने भृकुटीमण्डपमा के कार्यक्रम भइरहेको छ भन्ने समेत नबुझ्ने गरी गेट राखिएको छ । कतिपय बैंकका सीइओहरुलाई काय्रक्रमबारे औपचारिक निम्तोनै नदिएको पाइएको छ ।
यो तस्विर बैंकिङ खबरबाट लिइएको हो ।   
कार्यक्रममा उपस्थित केहि बैंकका सीइओहरुलाई ठुलो प्राथमिकता दिइएको छ भने, केहि बैंकका सीइओ तथा प्रतिनिधिहरुलाई ‘मान्छे नगन्ने’ प्रवृति देखाइएको छ । एनसीसी बैंकका मार्केटिङ अफिसरलाइ आशन ग्रहण गर्न भनिएको उक्त कार्यक्रममा केहि बैंकका सीइओलाई वास्तै गरिएन । रिवन काट्ने बेलामा निकै नमज्जाको दृश्य देखिएको छ । रिवन आयोजकले बांध्नै बिर्सिएपछी अनिल शाहले हातमानै राखेर गभर्नरले रिवन काटेका थिए ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: