×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकिङ एक्स्पोका नाममा ‘ठगी-प्रयास’, बैंकहरुलाई यसरी ‘वेवकुफ’ बनाउँदै राष्ट्र बैंकको रकमसमेत दुरुपयोग !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 

काठमाडौँ – शुक्रबारदेखि बैंकिङ  एक्स्पो २०१७ सुरु भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा रुची राख्नेहरुकालागि भन्दै आयोजना गरिएको कार्यक्रम अपेक्षित रुपमा त सफल हुन सकेन नै, एक्स्पोका नाममा ठगी प्रयास भएको आरोप समेत आयोजकलाई लागेको छ । 
कार्यक्रममा ५ लाखभन्दा बढी अवलोकनकर्ता आउने भन्दै प्रत्येक बैंकसँग ५० हजारदेखि डेढ लाखसम्म उठाएको आयोजकले कार्यक्रमको ‘पब्लिसिटी’ उल्लेखीया मात्रामा नगर्दा र बैंकहरुलाई अनावश्यक ‘गफ’ दिंदा आयोजकले बैंकहरुलाई ठगेको आरोप विभिन्न बैंकका कर्मचारीहरुले आरोप लगाएका छन् । यता नेपाल राष्ट्र बैंकको रकम समेत एक्स्पोका नाममा दुरुपयोग भएको भन्दै आयोजक विरुद्ध बैंकरहरुको एक समूह अख्तियार जाने भएको छ । 
५ लाखको ‘गफ’ दिइयो, अवलोकनकर्ता ५ हजारपनि भएनन् 
‘प्रत्येक बैंकमा कार्यक्रमको लागि ‘प्रपोजल’ लिएर जाँदा ५ लाखभन्दा बढी अवलोकनकर्ता कार्यक्रममा आउने ‘गफ’ दिइएको थियो ।’ एक बैंकरले अर्थ सरोकार डटकमसँग भने ।  तर नेपालमा ५ लाख मानिस बैंकिङ एक्स्पो र त्यसमा पनि निजी कम्पनीले गरेको कार्यक्रममा आउँछन् भनेर गफ दिनु र त्यहि आधारमा स्टलको पैसा लिनुलाई ठगीको संज्ञा दिनेहरुको संख्या बढेको छ । ‘५ लाख अवलोकनकर्ता आउने भनिएको थियो । तर खत्तम भो ! ५००० पनि नपुग्ने भए दर्शक । आयोजकले नमज्जासँग ठग्यो ।’ एक बैंकका मार्केटिङ अफिसरले अर्थ सरोकार डटकमसँग भने ।   
व्यवस्थापन पढेका विद्यार्थीलाइ लक्षित गर्ने गलत समय !
कार्यक्रममा कार्यक्रममा संयोजक माधव निर्दोषले यो कार्यक्रम व्यवस्थापन पढिरहेका विद्यार्थीहरुका लागि समेत लक्षित गरिएको बताए । तर उनले हेक्का राख्नुपर्ने हो । प्लस टुमा  व्यवस्थापन पढ्नेहरुमध्ये कक्षा १२ मा पढ्नेहरुको अहिले परिक्षा चलीरहेको छ भने ११मा पढ्नेहरुको परिक्षा नजिक छ । बीबीए पढ्नेहरु प्राय दिउँसो पढ्ने गर्छन् । एमबीएस पढिरहेकाहरुको समेत अहिले परिक्षा चलेको छ । त्यसैले समय उपयुक्त भएन । बीबीएस पढ्ने  विद्यार्थीहरु र बीबीए पढेर शनिबार फुर्सद हुनेहरु शुक्रबारदेखि चलेको बहु प्रतिक्षित चलचित्र ‘बाहुबली’ हेर्न गएका छन् । यसरी ‘सिनारियो स्टडी’ गर्ने हो भने पनि आयोजकले केहि नबुझी कार्यक्रमका लक्षित वर्ग छानेको देखियो । नबुझी बोल्ने आयोजकले नबुझेका बैंकहरुलाई वेवकुफ बनाएको चर्चा अहिले उक्त कार्यक्रमस्थलमा व्यापक छ ।
राष्ट्र बैंकको रकम समेत दुरुपयोगको आरोप !
यस कार्यक्रममा नेपाल राष्ट्र बैंकले समेत आर्थिक सहयोग गरेको छ । कार्यक्रमका संयोजक समेत रहेका माधव निर्दोष नेपाल राष्ट्र बैंक अंतर्गत् वित्तीय जागरण अभियानका समेत संयोजक हुन् । यो कार्यक्रम गर्न त्यहाँको रकमपनि प्रयोग भएको छ । तर ५ हजारपनि अवलोकनकर्ता नभएको कार्यक्रममा सरकारी रकम सिध्याएर जनतामाथि बेइमानी र राज्यप्रति लुट भएको समेत सरोकारवालाहरुको आरोप छ । यहि दुरुपयोगको घटनालाई लिएर आयोजक विरुद्ध केहि बैंकरहरुले गभर्नरलाइ समेत प्रतिपक्षी बनाइ अख्तियार गुहार्ने बुझिएको छ ।      
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: