×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्याजदर घट्ने देखिएन छाँटकाँट, बैंकिङ एक्स्पोमा पनि ८% कै चर्चा ! हेरौं कसले दिन्छन् कति ब्याज ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ बैशाख २०७४, शनिबार

PRIME CA
laxmi sunrise bank

ब्याजदर घट्ने देखिएन छाँटकाँट, बैंकिङ एक्स्पोमा पनि ८% कै चर्चा ! हेरौं कसले दिन्छन् कति ब्याज ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – तरलता समस्या समाधान भएसँगै बैंकको ब्याजदर घट्ने आशा गरिएपनि बैंकहरुको ब्याजदर घट्ने कुनैपनि छाँटकाँट देखिएको छैन । ब्याजदरले प्रतक्ष प्रभाव सेयर बजारमा पर्ने देखिएकाले ब्याजदरलाई लिएर नेपाली पूँजी बजारमा समेत विभिन्न टिकाटिप्पणी हुने गरेका छन् । शुक्रबारदेखि काठमाडौँमा सुरु भएको बैंकिङ एक्स्पो २०१७ मा ग्राहकहरुलाई आफुकहाँ तान्न विभिन्न बैंकहरुले ८ प्रतिशतकै साहारा लिएको पाइएको छ । 
८ प्रतिशतकै होडबाजी !
सेञ्चुरी बैंकले ८ प्रतिशत ब्याजदर दिन सुरुगरेपछि अन्य बैंकहरुले पनि ८ प्रतिशत ब्याज दिन थालेका छन्। एनआइसी एसिया बैंक, सानिमा बैंक र एनसीसी बैंकले समेत बचत खातामा ८% ब्याज दिन थालेका छन् । यता लक्ष्मी बैंकले सुनौलो बचत खातामार्फत ६% ब्याज दिन थालेको छ भने प्रभु बैंक र एनएमबी बैंकले बचत खातामा ५ प्रतिशत ब्याज दिन थालेका छन् । एक्स्पोमा दिइएको जानकारी अनुसार ग्लोबल आइएमईले बचत खातामा ४.५% सम्म ब्याज दिन थालेको छ । यता नेपाल इन्भेष्टमेन्ट बैंकले बचत खाताको ब्याज ३.५% देखि ५.५% सम्म तोक्दा हिमालन बैंकले नारी बचत खाता नाम दिएर यसमा २.७% ब्याज दिएको जानकारी गराएको छ ।
आफ्नै ब्याजदर थाहा नहुने बैंकका कर्मचारीसमेत भेटिए 
यता एक्स्पोमा कुन खातामा कति ब्याज दिइने भन्ने कुरासमेत स्पष्ट थाहा नभएका स्टलहरुपनि भेटिए । सनराइज बैंकको स्टलमा हामी घुम्दा बैंकले कुन खातामा कति ब्याजदर दिइरहेको छ भन्ने कुरा स्टलमा बसेका कर्मचारीलाई नै थाहा नभएको पाइयो । फ्लेक्समा स्पष्टसंग सबैकुरा लेखिएको भएपनि कुन खातामा कति ब्याजदर आउँछ भन्ने कुरामा नै ‘कन्फ्यूजन’ रहेको पाइयो ।

योपनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: