×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शनिबारपनि बैंकिङ एक्स्पो ‘सुख्खाराम’, आयोजकको यो हदसम्मको हतकण्डा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – शुक्रबारदेखि ३ दिनसम्म आयोजना भइरहेको ‘बैंकिङ एक्स्पो २०१७’ मा शनिबारपनि उल्लेखनीय अवलोकनकर्ता आएनन् । शुक्रबारको तुलनामा शनिबार अवलोकनकर्ताहरुको ‘फ्लो’ केहिमात्रामा बढेपनि आयोजकको पूर्वतयारी नपुग्नु, व्यवस्थापन विषय पढ्ने प्लस टुदेखि माष्टर्ससम्मको परिक्षा चलिरहेको बेला पर्नु र बहुचर्चित चलचित्र बाहुबली चलेको बेला पर्नु लगायतका विविध कारणले अवलोकनकर्ता भृकुटीमण्डपमा आयोजना भइरहेको उक्त एक्सपोसम्म पुग्न सकेका छैनन् । विहान झन्डै ११ :३० बजे अर्थ सरोकारकर्मी एक्स्पोमा पुग्दा एक्स्पो ‘सुख्खाराम’ नै थियो ।

चिया पसलका ग्राहकदेखि आफन्तसम्म बोलाइएको खुलासा 
आयोजकहरुको समूह मध्येकै एक व्यक्तिले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार एक्स्पोमा अवलोकनकर्ता नै नपुगेको खबर शुकबार व्विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक गरेपछि आयोजकले आफ्ना आफन्त, विभिन्न कलेजमा पढाउने शिक्षकहरुलाई समेत हुल बाँधेर कार्यक्रममा आउन आग्रह गरेको थियो । तर शनिबार परेकाले उक्त प्रयासपनि सफल देखिएन । ‘विदाको दिन भएकाले शुक्रबारको तुलनामा केहि फ्लो भने बढेको छ । शुक्रबार बोलिएका अतिथि र पत्रकार छोडेर झन्डै ७००को हाराहारीमा अवलोकनकर्ताहरु कार्यक्रममा पुगेका थिए भने आज उक्त संख्या केहि बढ्न सक्ने सम्भावना देखिएको छ ।’ आयोजक समुहकै एक व्यक्तिले अर्थ सरोकार डटकमलाई जानकारी दिए ।
आयोजकको यो हदसम्मको हतकण्डा,  सहभागीलेनै भन्न थाले, ‘पैसा खोलामा गयो’
‘शुक्रबार अर्थ सरोकार डटकममा एक्स्पो फ्लप भएको समाचार प्रकाशन भएपछि आयोजकलाइ झन् दवाव परेको थियो । ‘विज्ञापन नपाएर त्यसो लेखेको हो’ भनेर सहभागीहरुलाई टारीदिने, त्यस्ता समाचारहरुमा उत्तेजक कमेन्टहरु गरिदिने लगायतको सल्लाह भएको छ । सोहि अनुसारको कामपनि भएको छ । आयोजकलाइ मनाउने जिम्मा संयोजक माधव निर्दोषले लिएका छन् भने समाचारमा उत्तेजक कमेन्ट गरेर पाठकलाइ भ्रम छर्ने काम वित्तीय जागरण अभियानका नाममा विभिन्न ठाउँ जाने एक पत्रकारलाइ दिइएको छ।’ आफ्नो नाम नबताउने सर्तमा उनले भने ।
विभिन्न बैंकका स्टलहरु राखेर बसेका बैंकका प्रतिनिधिहरु र त्यसमा पनि मार्केटिङ अफिसरहरुले आफ्नो बैंकको पैसा खोलामा बगेको प्रतिक्रिया दिएका छन् । ‘आयोजकले सीइओलाईनै कन्भिन्स गराएपछि हामीले केहि बोल्ने कुरापनि भएन । पहिलोपटक भएकाले ‘गरौँ न त’ भन्ने पनि भयो । ५ लाख अवलोकनकर्ता आउने कुरा थियो । ३ दिनमा ५ हजारपनि नपुग्ने निश्चित भयो । बैंकलाइ पूरै घाटा भयो ।’ एक बैंकका मार्केटिङ अफिसरले अर्थ सरोकार डटकमसँग भने । 

गैर बैंकिङ उत्पादनमा दर्शकको रुची, आफ्नै हाकिमलाइ ठग्ने बैंकरहरुको यस्तो काइदा !
गएकाहरुमधे बैंकका स्टलभन्दापनि गैर बैंकिङ स्टलमा झुम्मिएको देखिएको छ । कार्यक्रममा बाहिर राखिएको एक गैर बैंकिङ स्टलले बरु दर्शक र किनमेलकर्ता पाएको छ । अर्कोतर्फ बैंकहरुले बाँडीरहेको आकर्षक क्यालेन्डरका लागिपनि अवलोकनकर्ता झुम्मिएको देखिन्छ । यसले कार्यक्रममा बैंकिङप्रति रुची राख्ने भन्दापनि, ‘के रहेछ हेरौं’ भन्ने खालका अवलोकनकर्ता आएको देखिन्छ । 
एक्स्पोमा यतिसम्म भएको छ कि एउटा बैंकका कर्मचारीले अर्को बैंकको ‘प्रोडक्ट’ का निम्ति फर्म भरेका छन् । केहि बैंकका कर्मचारीहरुले सीइओलाइ खुसी बनाउने बहानामा आफन्तहरुलाई बोलाएर फर्म भराउने काम समेत गरिरहेका छन् । यसले बैंकिङ एक्स्पो कुन हदसम्म ‘फ्लप’ भयो भन्ने कुरालाई पुष्टि गरेको छ ।

योपनि पढ्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: