×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सुपर-फ्लप’ भयो पहिलो बैंकिङ एक्स्पो, ५ लाखको अपेक्षा गरिएकोमा २००० पनि पुगेनन् दर्शक !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 

काठमाडौँ – नेपालमा पहिलोपटक आयोजना भएको बैंकिङ एक्स्पो ‘सुपर-फ्लप’ भएको छ । मिडिया इन्टरनेशनलले आयोजना गरेको उक्त कार्यक्रममा ५ लाख दर्शकले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएकोमा उक्त एक्स्पो अवलोकन गर्नेको संख्या २००० पनि नपुगेपछि एक्स्पोलाई धेरैले सुपर-फ्लप शोको संज्ञा दिएका छन् । शुक्रबार, शनिवार र आइतबार कार्यक्रम आयोजना भएकोमा कुनैदिनपनि दर्शकको ‘फ्लो’ देखिएन ।
आइतबारपनि दर्शकको फ्लो कमजोर !
आइतबार झन्डै १२:३० बजे अर्थ सरोकार समूह कार्यक्रमस्थलमा पुग्दा कार्यक्रममा बोलाइएका अतिथि, स्टल राखेका बैंकर र केहि ‘भिजिटर’ बाहेक कोहिपनि थिएनन् । नयाँ क्यालेन्डर बाँडेर सबैभन्दा बढी अवलोकनकर्ता बटुलेको बूम रेमिटको स्टलमा तीन दिन गरेर झन्डै ५०० को हाराहारीमा दर्शक आएको स्टलमा रहेकी कर्मचारीले बताइन् । अन्य स्टलहरुमा दर्शकको चासो निकै कम रह्यो । नबिल क्यापिटलमा सबैभन्दा कम आज १२ :३० सम्ममा ४ जनाले स्टलमा बुझ्न आएको स्टलमा रहेकी कर्मचारीले बताईन् । त्यस्तै सबैभन्दा आकर्षक ब्याजदर भन्दै स्किम बनाएर स्टल राखेको एनसीसी बैंकको स्टलमा आज दिनभरीमा करिव २५ जनामात्र बुझ्न आएको त्यहाँ रहेकी कर्मचारीले अर्थ सरोकार डटकमलाई जानकारी दिइन् ।
कहाँ, कति दर्शक डुले ?
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको स्टलमा केहि दर्शकको भीड देखिन्थ्यो । उसको स्टल अरुकोभन्दा बढी आकर्षक रहेकालेपनि उक्त स्टलमा भिजिट गर्नेको संख्या बढी भएको अनुमान धेरैले गरेका थिए । उता एनएमबी बैंक, प्रभु बैंक, प्रभु क्यापिटल, आइएमइ लगायतकाका स्टललले दर्शकनै पाएनन् । नेपाल राष्ट्र बैंकको स्टलले त नयाँ ‘भिजिटर’ का हकमा ‘पानी’ समेत भन्न पाएन । आइतबार विभिन्न स्टलमा पुगेर अर्थ सरोकार डटकमले भिजिटर कति बनाउनुभयो, कतिजनाले एक्स्पोमा खाता खोल्नुभयो लगायतका प्रश्न गर्दा अधिकांस निराश देखिन्थे ।     
५ लाखको अपेक्षा तर २००० पनि पुगेनन् दर्शक 
विभिन्न बैंकहरुले राखेको भिजिटरको संख्या विश्लेषण गर्ने हो  र भिजिटरको फलो हेर्ने हो भने ३ दिनको एक्स्पोमा करिव २००० दर्शकले पनि एक्स्पो हेरेनन् । आयोजकले अवलोकनकर्ता बढाउन अनेकौं हतकण्डा अपनाएपनि कुनैपनि हतकण्डाले काम गर्न सकेन । 
प्लस टु अन्तर्गत कक्षा १२ को परिक्षा चलिरहेको, कक्षा ११ का विद्यार्थी परीक्षाको तयारीमा रहेको, माष्टर्सका विद्यार्थीको परिक्षा चलिरहेको, विद्यार्थीलाइ टार्गेट गरेपनि कलेजहरुमा प्रमोसन नगरेको, बाहुबली चलचित्र यहि बेला लागेको लगायतका विभिन्न कारणले उक्त एक्स्पो फ्लप भएको सरोकारवालाहरुको भनाइ छ ।        
आयोजकले गर्यो झुटको खेती गर्ने प्रयास !
यता आफुले आयोजना गरेको एक्स्पो सुपर फ्लप भएपनि आयोजकले भने कार्यक्रम सफल भएको दावी गरेको छ । विभिन्न मिडियाहरूलाई प्रतिक्रिया दिंदै कार्यक्रममा उल्लेखनीय उपस्थिति रहेको झुटो दावी आयोजकले गरेको छ । यता आयोजक समूहकै केहिले सामाजिक सञ्जालमा देखाएको अमानवीय व्यवहारले पनि आयोजक अपरिपक्व भएको पुष्टी गरेको सरोकारवालाहरुको भनाइ छ । मिडियामा कार्यक्रम फ्लप भएको समाचार आएपछि आयोजक समूह मध्येकै एक व्यक्तिले सामाजिक सञ्जालमा अमानवीय व्यवहार प्रस्तुत गरेका थिए ।     
योपनि पढ्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: