×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

र्निदेशिका विपरित छ्यापछ्याप्ती बिज्रकोर्ष सेन्टर, नियमनको अभावमा लुट

  • अर्थ सरोकार सम्बाददाता 

धनगढी – माध्यामिक परिक्षा बोर्डले लिएको कक्षा १० अर्थात एस.एस.ई परिक्षा सकिए लगतै बिध्यार्थीहरु उच्च शिक्षाको तयारी कक्षा लिने गर्दछन् जुन बिध्यार्थीहरुका लागी निकै महत्वपुर्ण मानिन्छ । तर पछील्लो समय सिजनल रुपमा कमाउने उदेश्यका साथ धनगढीमा दर्जन भन्दा बढी सस्थांहरु सञ्चालनमा आएका छन् । जसमध्य केहीले मात्रै आबश्यक प्रक्रीया पुरा गरेका छन् । यसरी अबैधानिक रुपमा ब्रिजकोर्ष सेन्टर सञ्चालन भइरहदा पनि सम्बन्धीत निकाय मौन बसिरहेको आरोप लाग्ने गरेको छ ।
धनगढीमा ब्रिजकोर्ष सेन्टर चलाइरहेका गरिरहेका एक जना संञ्चालकका अनुसार आवश्यक प्रक्रिया थाहा नहुदाँ धेरै सञ्चालकहरु अलमलमा रहेका छन् । शिक्षा मन्त्रालयको ले जारी गरेको शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०६८ को परिच्छेद ३ बमोजिम मात्र  स्विकृती र अनुमती पाउने व्यबस्था गरेको छ तर ति सबै प्रक्रिया बिना नै धनगढीमा ब्रिजकोर्ष सेन्टर सञ्चालन भइरहेको पाइएको हो । 
नियमनकारी निकाय मौन बसिदिदाँ राजस्वमा कमी त आएको छ नै यसले गर्दा बिध्यार्थीहरु पनि अलमलमा परेको देखिन्छ । ग्रैर कानुनि रुपमा स्थापना गरिएका केही ब्रिजका्रेष सेन्टरका कारण सबै अप्ठ्यारोमा परेको एक जना सञ्चालकको गुनासो रहेको छ । जिल्ला शिक्षा कार्यालय कैलालीले अनुगमन गर्ने बताएपनि हाल सम्म कुनैपनि प्रकारको अनुगमन भएको पाइएकाको छैन् । जिल्ला शिक्षा अधिकारी मान सिहं बिष्टले सबैलाक्षर्् कानुनको दायरामा ल्याउने बताउनुभएको छ । उहाँले भन्नुभयो “तुरुन्त निरिक्षण गछौ यदी प्रक्रीया नपु¥याइ सञ्चालनमा आएको पाइएमा बन्द गराउने सम्मको कार्बाही गरिने छ” । 
क्षणीक रुपमा यसरी कमाउनने उदेश्यले मात्रै सञ्चालनमा आएका बिज्रकोर्ष सेन्टरलाई निरुत्साहित गर्न अभिभावक र बिध्याथीहरु समेत चनाखो हुनुपर्ने अधिकारीहरु बताउछन् । पढ्न जादा ब्रिजकोर्ष सेन्टरको बैधानिकताको खोजीगर्न समेत उनीहरुले सुझाएका छन् । शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०६८ यो लिङ्कमा र्हेन सकिन्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: