×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE : +२१६ ९८ ०९०४२७ नम्बरको फोन आतंक : यस्तो छ नेपाल टेलिकमभित्रको जनता ठगेर मोटाउने धन्दा !


  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – कोटेश्वर बस्ने डीआर नेपालको मोबाइलमा बिहिबार विहान +२१६ ९८ ०९०४२७ नम्बरबाट फोन आयो । आफ्ना आफन्त विदेशमा बस्ने भएकाले उनले त्यतैको कतैको नम्बर भन्ने ठाने । मिस कल भयो भन्दै उनले उक्त नम्बरमा डायल गरे । फोन डायल गर्दा कुनै रेस्पोन्स आएन । उनले दोश्रो पटक फोन गर्दा एकासी फोन आफैं काटियो । पछी बुझ्दा त उनको फोनको करिव १०० रुपैयाँ ब्यालेन्स काटिएछ । उनले त भर्खर रिचार्ज गरेका हुनाले उक्त नम्बरमा फोन गर्दा आफ्नो ब्यालेन्स चोरिएको थाहा पाए । तर त्यसरी थाहा नपाउने थुप्रै ग्राहकहरु छन्, जसको ब्यालेन्स उक्त नम्बरमा फोन गर्दा चोरी भएको छ ।
डीआर नेपाल मात्र होइन अहिले यो नम्बरबाट मिसकल आएर हैरान भएका धेरै छन् । धेरैले आफुलाई यस्तो नम्बरबाट फोन आएको भनी सामाजिक संजालमा लेखेका समेत छन् । कतिले आफ्नो ब्यालेन्स काटिएको हुनाले सजग रहन आग्रह पनि गरेका छन् । अहिले जताततै यहि नम्बरको चर्चा छ । गुगलले टियुनिसिया ठेगाना देखाउने यो फोनले धेरैलाई आतंकित पारेको हुन सक्छ । तपाईंलाइ पत्यार नलाग्ला यो अरु केहि नभएर नेपाल टेलिकमको बदमासी हो । यसअघि पनि यसरी अवैध नम्बरबाट फोन आएर ब्यालेन्स चोरी भएको तथ्य पटक पटक आएको थियो । यस्ता फोनहरु फिल्टर गर्न भन्दै टेलिकमले महँगो शुल्कमा सफ्टवेर र हार्डवेर समेत किनेको छ । तर टेलिकमकै इन्जिनियर देखि प्रबन्ध निर्देशकसमेत को मिलेमतोमा कमिसनकै लोभमा यस्तो काम भएको स्रोतको दावी छ । नेपाल टेलिकम कै एक इन्जिनियरले टेलिकमकै मिलेमतोमा यस्तो काम भएको भन्दै यस्तो नम्बरबाट फोन आउने कारण अर्थ सरोकार डटकमसँग खुलासा गरेका छन् । 
टेलिकमकै इन्जिनियर भन्छन्, ‘टेलिकमकै बदमासीका कारण यस्तो हुन्छ’
आफ्नो नाम हालका लागि गोप्य राख्न अनुरोध गर्दै नेपाल टेलिकमकै एक इन्जिनियरले टेलिकमकै बदमासीका कारण यस्तो हुने खुलासा गरेका छन् । ‘नेपालमा अन्तर्रा्ष्ट्रिय गेटवे प्रयोग गर्नु अवैधानिक मानिन्छ । तर नेपाल टेलिकमकै कर्मचारीको मिलेमतोमा यस्ता गेटवे प्रयोग भएका हुन्छन् । अविधानिक रुपमा प्रयोग भएका यस्ता गेटवेमा बिदेशी ह्याकरहरु पसेपछि यस्तो भएको हो ।’ उनी अगाडी भन्छन्, ‘नेपालका फोनहरुमा कुन नम्बरबाट फोन आउने र कुन नम्बरबाट फोन नआउने भन्ने फिल्टर गर्ने फायरवाल सिष्टम राखिएको हुन्छ । यो सिष्टमले कुन ठाउँको एसएमएस वा फोन आउने र कुनले नआउने भन्ने कुरा निर्धारण गर्छ ।’ 
‘जस्तोकि गुगल, फेसबुकजस्ता ठाउँबाट आएका फोन र एसएमएसहरु नेपाली मोबाइलमा आउँछन् भने अन्यत्र गलत ठाउँबाट आएका फोन तथा एसएमएसलाई उक्त सिष्टमले रोकिदिन्छ । तर यसरी नेपालीको ब्यालेन्स चोर्ने खालका फोन र चिट्ठा परेका एसएमएसहरु नेपाली मोबाइलहरुमा पसाएर त्यसवापत नेपाली ठगिएको रकमको कमिसन टेलिकमकै इन्जिनियर र ठुला हाकिमहरुले खाने गरेका छन् । यो कुरा अहिले आंतक कै रुपमा फैलिएको भएपनि रोग भने नौलो होइन । यसरी सोझा नेपाली ठगिएको रकम टेलिकमकी प्रवन्ध निर्देशकसम्म पुग्ने गरेको छ । म प्रमाणसहित अख्तियार जाँदैछु । पत्रकार सम्मेलन गर्ने प्रयाससमेत गर्दैछु । सबैको सहयोगको अपेक्षा गरेको छु । तर म पनि टेलिकमकै कर्मचारी भएकाले के गर्ने भन्ने विषयमा सोचीरहेको छु । दुखको कुरा त अझ के हो भने टेलिकमका कर्मचारीले बदमासी गरेको जस्तो नदेखियोस् भनेर एनसेलको नम्बरमा पनि यस्तै समस्या आउने व्यवस्था आन्तरिक रुपमै मिलाइसकेका छन् । ‘ 

प्रवक्ता र सह प्रवक्ताकै कुरा यसरी बाझियो
अहिले आंतक फैलिएको भएपनि गलत फोन र एसएमएस नेपाली मोबाइलहरुमा आउने कुरा नौलो होइन । यसअघि पनि यसरी ठगीका एसएमएस र फोन आउने गरेको र त्यसवापत नेपाली ठगीदा त्यसको रकम टेलिकमकै उपल्लो तहका कर्मचारीले पाउने गरेको समाचार प्रकाशित भएपछि तत्कालिन अवस्थामा रातोपाटी डटकममा काम गर्ने हाल अर्थ सरोकार डटकमका पत्रकार सुरज प्याकुरेलसँग कुराकानी गर्दै नेपाल टेलिकमकि प्रवक्ता प्रतिमा वैद्यले नेपाल टेलिकमको गेटवे प्रयोग गरी आउन सक्ने एसएमएसलाई नियन्त्रण गर्न एसएमएस फायरवाल सिष्टम प्रयोग गरिएको र २०१५ डिसेम्बर १ देखि नै यस्ता एसएमएसमा नियन्त्रणमा आइसकेको दावी गरेकी गरेकी थिइन् । 
तर, प्रवक्ताले दाबी गरेको मितिपछि पनि यस्ता एसएमएस आएकोबारे हाम्रो प्रश्नको उत्तर दिँदै टेलिकमकै सहप्रवक्ता डिल्ली अधिकारीले भने त्यस्ता एसएमएस पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको स्वीकारेका थिए । सहप्रवक्ता अधिकारीले टेलिकमको गेटवे प्रयोग गरी आउने अनाधिकृत एसएमएस नियन्त्रणमा ल्याउन एसएमएस फायरवाल सिष्टम प्रयोग भएको भए पनि सबै एसएमएसलाई फिल्टर गर्न नसक्दा केही यस्ता एसएमएस अझै आउने गरेको बताएका थिए । यस्तै केही एसएमएस नेपाल भित्र्याएर ग्राहक ठगी गर्न राम्रै कमिसन खेलबारे जान्न खोज्दा आफूलाई थाहा नभएको बताएका थिए । अर्थ सरोकार डटकमले पछिल्लो समय नेपाल टेलिकमका एक एक कर्तुतहरु बाहिर ल्याउन थालेपछि प्रवक्ता प्रतिमा वैद्य सम्पर्कमा आउनै छाडेकी छिन् । 
प्रविधिविज्ञ भन्छन्, ‘टेलिकमको सहयोग बिना यस्ता फोन नेपाल भित्रिदैनन्’
यता बिगत लामो समयदेखि इन्टरनेट सेख्युरिटि तथा प्राविधिक क्षेत्रमा काम गरिरहेकाहरुले भने नेपाल टेलिकमको सहयोग बिना यस्ता ठगीका एसएमएसहरु नेपालमा आउनै नसक्ने दावी गरेका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै कोटेश्वरमा सफ्टवेर कम्पनी संचालन गरेर बसेका एक प्रविधिबिज्ञ भन्छन्, ’टेलिकममा फायरवाल सिष्टम प्रयोग गरिएको छ । कुन एसएमएस नेपाल भित्र्याउने वा नभित्र्याउने भन्ने कुरा त्यो फायरवाल सिष्टमलाई कसरी प्रयोग गर्ने भन्ने कुराले निर्धारण गर्छ । त्यसैले यो सरासर नेपाल टेलिकमको बदमासी हो ।’

यो पनि बढ्नुहोस् :


यसरी कानुन विपरित ग्राहकबाट चर्को नाफा असुल्छ नेपाल टेलिकम ! (प्रमाणसहित)


‘जब-जब एनसेलको विरोध हुन थाल्छ, नेपाल टेलिकममा अनेकौं समस्या देखाएर करोडौं कुम्ल्याईन्छ’

यसकारण हुन्छ रिचार्ज कार्डमा समस्या : यस्तो छ टेलिकमभित्रको ‘फोहोरी खेल’

रोकिएन टेलिकमको बदमासी : सोझा नेपाली ठगेको कमिसन टेलिकमका हाकिमको खल्तीमा !

टेलिकममा भ्रष्टाचार – २ : १५ लाखको एप्सलाई ७ करोड खर्च, नयाँ निर्देशकलेपनि ‘दक्षिणा’ बुझेपछि घटना गुपचुप !

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: