×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फिल्मी शैलीमा फेवा बिकास बैंककि ‘एचआर हेड’ ठग बुढासँगै ‘कुलेलाम’ ! सीआइबी भन्छ, ‘खोजी कार्य जारी छ’

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका ब्राञ्च म्यानेजर रविचन्द्र खनाल फिल्मी शैलीमा करोडौं रुपैयाँ लिएर  भागेका छन् । उनीसँगै उनकी  श्रीमती लक्ष्मी देबकोटा खनाल अर्थात फेवा विकास बैंक पोखरामा मानव संसाधन विभाग प्रमुख समेत ‘कुलेलाम’ ठोकेकी छिन ।  दुवैजना अहिले सम्पर्क बाहिर छन् ।

अभियुक्त रविचन्द्र खनालविरुद्ध बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा उजुरी दिएको छ  भने यो घटना सँगै फेवा विकास बैंकमा कार्यरत लक्ष्मी देवकोटापनि फरार भएकी छिन् ।

यता कैलास बिकास बैंकका सीइओ कृष्ण राज लामिछानेका अनुसार कैलास बिकास बैंकबाट करिब डेढ करोड रुपैयाँ हिनामिना भएको देखिएको छ । उनका अनुसार चैत ३१ गते साँझ साढे ७ बजेसम्म खनाल कार्यालयमै भएको हाम्रो सिस्टमले देखाएको थियो । बैशाख १ गते अरु साथीहरुलाई बैंकको चाबी पठाएर उनी सम्पर्कविहिन भएका छन् । उनका अनुसार बैंकले भियुक्त खनालको घरजग्गा रोक्का गरिसकेको छ । भने बैंकले बैशाख ३ गते नै केन्द्रीय कार्यालयबाट अडिट टोली पठाएर सो शाखाको लेखापरीक्षण सुरु गरिसकेको छ । ‘टोलीले अबको केही दिनभित्रमा प्रतिबेदन बुझाउछ र त्यसपछि ठगीको विवरण आउँछ। ‘ उनले भने। 

खनालले केही सहकारी संस्था र दर्जनभन्दा बढी सर्वसाधारणसँग पनि करिव ८ करोड रुपैयाँको हाराहारीमा उठाएर भागेको बुझिएको छ । यता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) की प्रवक्ता मिरा चौधरीले बैंकले करोडौ ठगेर खनाल बेपत्ता भएको उजुरी दिएको र सीआइबीले खोजिरहेको जानकारी दिइन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: