×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गैरकानुनी धन्दा चलाएर जनता ठग्न पल्केका शेखर गोल्छा उद्योग वाणिज्य महासंघमा भीड्दै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – उद्योग वाणिज्य महासंघको निर्वाचन सरगर्मी बढीरहेका बेलामा गैरकानुनी धन्दा चलाएर जनता ठगेर मोटाइरहेका व्यक्तिपनि वरिष्ठ उपाध्यक्षमा भीड्न लागेको खुलासा भएको छ । बजाज कम्पनीका मालिक रहेका गोल्छाले बिगत लामो समयदेखि कालोबाजारी ऐन विपरित गैरकानुनी धन्दा चलाएर जनता ठगीरहेका छन् । उनी (शेखर गोल्छा) र किशोर प्रधानबीच बरिष्ट उपाध्यक्षमा भीडन्त हुन लागेको हो । महासंघको चैत २८ र २९ गते साधारणसभा हुँदैछ । 
महासंघकै खेल्ली उड्नेगरी जनता ठग्ने व्यवसायी उमेद्वार !
महासंघको विधान संशोधन भएपछि वर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएपछि यो निर्वाचनलाई महत्वपूर्ण रुपमा हेरिएको छ । तर देशको नीति नियम नमान्ने, जनता ठगेर मोटाउने, जनता लुट्न पल्केकाहरुलाई उद्योग वाणिज्य महासंघ जस्तो गरिमामय संस्थाको बरिष्ट उपाध्यक्ष बनाएर संघकै खिल्ली उडाउने काम भएको चर्चा यतिबेला ‘टक अफ दी टाउन’ भएको छ । गैरकानुनी धन्दाका हिमायती गोल्छाले महासंघका अध्यक्ष पशुपति मुरारका, निवर्तमान अध्यक्ष चण्डीराज ढकाल, पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणालाई सँगै राखेर उमेद्वारी घोषणा गरेका छन् । उनकै प्यानाल्बता उपाध्यक्षमा दिनेश श्रेष्ठ, उमेशलाल प्रधान, चन्द्रप्रसाद ढकालले उमेद्वारी घोषणा गरेका छन् ।
यसरी जनता लुटिरहेका छन् गोल्छा 
बजाज ब्रान्डका मोटरसाईकल बेच्ने गोल्छा ग्रुपकै कम्पनी हंसराज हुलासचन्द गोल्छा एंड कम्पनी प्रालिले कालोबजारी गरेर जनता लुटीरहेको छ । कालोबजारी ऐन अनुसार कुनै पनि सामान बेच्दा २०% भन्दा बढी नाफा राख्न नपाउने भन्ने स्पष्ट नियम भएपनि गोल्छा कम्पनीले एउटै मोटरसाइकलबाट ७६ हजार नाफा लिने गरेको छ । कम्पनीले ३ लाख २३ हजार ६५५ मा भन्सारसहित ल्याइएको बाइकलाई ४ लाखमा बेचिरहेको छ । जुन सरासर गैरकानुनी हो ।
गोल्छा ग्रुपले यतिसम्म लुट मच्चाईरहेको छ कि डिस्कभर १२५ ड्रम बाइकमा कम्पनीले ४१ प्रतिसत नाफा कुम्ल्याईरहेको छ । कम्पनीले १ लाख २२ हजार पाँच सय १० मा सबै कर र राजस्वसमत तिरेर ल्याएको बाइक एक लाख ७२ हजा ९ सयमा बेच्ने गरेको छ । जुन तथ्य पनि सरासर कालोबजारी हो । २०% भन्दा बढी नाफा खान नपाइने भएपनि कम्पनीले पल्सर २०० आरएस बाइकमा २३ प्रतिसत नाफा खाएर नेपालीहरुलाई ठगी गरिरहेको छ । त्यतिमात्र कहाँ हो र ? कम्पनीले बिक्रि गर्ने अधिकांस समानमा जनता ठगिने गरेका छन् ।
के छ कानुनी व्यवस्था ?
कालो बजारी सम्बन्धि ऐनको दफा ३ मा स्पष्ट लेखिएको छ ‘दफा २ अन्तर्गत मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ ।’कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले सामान्य अवस्थामा सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिन नहुने स्पष्ट व्याख्या गरेपनि गोल्छा समुहले भने यो ऐनको बर्खिलाप गर्दै जनता लुट्ने धन्दालाई जारी राखेको छ ।
के भन्छ गोल्छा समूह ? 
यता गोल्छा समूहले भने यसरी सिधा हिसाब गर्न नमिल्ने दावी गर्छ । ‘नाफा खाने भनेको ५ प्रतिशत मात्र हो । यस्तो हिसाब गरेर हुँदैन । प्रतिस्पर्धा यति ठुलो छ भने कसरी त्यत्रो नाफा खान मिल्छ र ?’ अध्यक्ष गोल्छाले अर्थ सरोकार डटकमसँग भने । अझ अचम्म लाग्दो कुरा त के छ भने व्यवसाय, कर वा नाफा नोक्सानको हिसाव कितावका राजा भनेर गनिने चार्टड एकाउन्टेन्ट रहेका गोल्छाकै उपाध्यक्ष भने यस विषयमा आफुलाई केहि पनि थाहा नभएको बताउँछन् । ‘मलाइ यसअघि पनि एक जना पत्रकारले यसबारे सोध्नुभएको थियो । मैले समूहमा छलफल गरेको छैन । यसबारे मैले बोलीहाल्न मिल्दैन ।’ कम्पनीका उपाध्यक्ष अमित अग्रवालले अर्थ सरोकार डटकमसंग भने । यता उपभोक्तावादी संगठनहरुको भने यसमा फरक राय छ । उनीहरु २०% भन्दा बढी नाफा राख्न नहुने कुरामा आफुहरु स्पष्ट भएको बताउँछन् । 
सबै खर्च डिलरको ! पैसाजति गोल्छाकै गोजीमा !
अझ अचम्मलाग्दो तथ्य त के छ भने उक्त मोटरसाइकल बेच्ने डिलरले कम्पनीबाट एउटा मोटरसाईकलमा ५ प्रतिसत हाराहारी मात्र कमिसन पाउँछन् र त्यहि कम्सियनबाट आफुलाई राख्ने नाफा, र आफ्नो सबैखाले खर्च धान्नुपर्छ । बाँकी सबै पैसा गोल्छाले नै कमाउने गरेको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एक डिलर सञ्चालक भन्छन्, ‘हामीले पाउने नाफा धेरै हुँदै हुँदैन । हाम्रो नाम बेचेर कम्पनी मोटाइरहेको छ । के गर्ने यहाँ राजनीतिक आडमा गुण्डाहरुको प्रयोग हुन्छ । मनपरी हुन्छ । हामीले बोल्नै मिल्दैन ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: