×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्को रहस्यमय गोली काण्ड, ३ दिनपछि प्रहरीले थाहा पायो : ‘कोठा पुगेर लुगा खोल्दा घाइतेले रगत देखे’

काठमाडौं – ललतिपुरमा आइतबार बेलुका गोली प्रहारको घटना भएको छ । ललितपुरमा आइतबार बेलुका सन्तोष खड्कालाई गोली हानिएको हो । चैत २९मा गोरीघाटको दिव्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएको थियो । लललिपुर घटनामा घाइते उपचारका लागि पाटन अस्पताल पुगेपछि मात्र प्रहरीको जानकारीमा आएको हो । आजको नागरिकमा खबर छ ।
गोली लागेको तस्रो दिन घाइते उपचारका लागि अस्पताल भर्ना हुनु, प्रहरीलाई जानकारी नगराउनुजस्ता कारण घटना रहस्यमय भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । क्रिस्चियन महासंघको सचिवसमेत रहेका खड्का मंगलबार बिहान पाटन अस्पताल पुगेका थिए । कम्मरमुनि गोली अड्केको एक्सरे बोकेर उनी अस्पताल पुगेका थिए ।
खड्काको दाबीअनुसार आइतबार बेलुका घर फर्कने क्रममा ललतिपुरको जिल्ला प्रशासन कार्यालय पछाडीको सडकमा केही पड्किएको आवज उनले सुनेका थिए । उनी मोटरसाइकलमा थिए । उनी मोटरसाइकल नरोकी सीधै कोठामा पुगे । सर्ट खोल्दा रगत देखेपछि घाउ लागेको चााल पाएको प्रारम्भिक बयान खड्काले दिएको प्रहरीले जनायो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: