×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘ज्ञानेन्द्रका नातीका ब्रतबन्धमा पुगेकी राष्ट्रपतिले ‘खाम’ दिनै बिर्सिएपछी…’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बिहिबार अर्थात फाल्गुन २४ गते । होटल सोल्टीमा आयोजना भएको ज्ञानेन्द्रका नातीका ब्रतबन्धको भोज थियो । देशका उच्च पदस्त अधिकारी अधिकारीहरुलाई निम्ता थियो । देशका कलाकारदेखि पत्रकारसम्म, नेतादेखि भारतीय जोगीसम्म सबैजसो कार्यक्रममा देखिए । 
कार्यक्रमको विशेष रौनक भनेकै विद्यादेवी भण्डारी थिइन् । झन्डै साँढे १२ बजे कार्यक्रममा पुगेकी उनले करिव डेढ घण्टा सोल्टीमा बिताएकी थिइन् । जव उनी कार्यक्रम स्थलमा पुगिन् उनलाई ज्ञानेन्द्र शाहले स्वागत गरेका थिए । रातो सारीमा सजिएकी उनलाई लिन गेटसम्म हिमानी पुगेकी थिइन् । कोमलसँग समेत भेटेपछि उनी ग्यानेद्रका नातीसम्म पुगिन् र फूलको गुच्छा दिएर सु- स्वास्थ्यको कामना समेत गरिन् ।
तर अचम्मको कुरा चाहिं उनले ज्ञानेन्द्रका नातीलाई दक्षिण दिन भने बिर्सिन् । उनका सुरक्षा गार्डले खल्तीबाट रातो खाम निकालेपनि उनी सरासर ज्ञानेन्द्रसँग उनका लागि राखिएको विशेष सोफातर्फ लागिन् । गार्ड अक्क न बक्क परे । अन्तत: केहि समयपछि उनले उक्त खाम आफ्नै खल्तीमा राखे ।
राष्ट्रपति विद्यादेवी भण्डारीदेखि, उप्रधानमन्त्री कमल थापा, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक बोहरा, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लगायत भोजमा सहभागि भएका थिए । नेता मात्र होइन उक्त भोजमा कलाकारहरुको उपस्थिति पनि निकै राम्रो थियो । राजेश हमाल, शम्भुजित वासकोटा, मानिषा कोइराला लगायत सेलिब्रिटीहरुको पनि कार्यक्रममा उपस्थित थिए । रहेको थियो । 

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: