×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्थानीय निर्वाचन भएन भने के होला नेपाली पूँजी बजार ? के भन्छन् सेयर लगानीकर्ता ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ चैत्र २०७३, आईतवार

PRIME CA
laxmi sunrise bank

स्थानीय निर्वाचन भएन भने के होला नेपाली पूँजी बजार ? के भन्छन् सेयर लगानीकर्ता ?

यतिबेला स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । गाउँ-गाउँमा चुनावको तयारी भइरहेको छ । चुनावकै कारण सेयर बजारमा उछाल आउने धेरैको टिप्पणी छ । बजारमा केहि सकारात्मक परिणाम देखिसकिएको छ । यहि बीचमा चुनाव नहुने भन्ने हल्ला पनि चल्न थालेको छ । तर स्थानीय तहको निर्वाचन भएन भने के हुन्छ ? के होला सेयर बजारको स्थिति ? हामीले केहि सेयर लगानीकर्ताहरुलाई सोधेका थियौं :
नवराज सुवेदी, महासचिव सेयर लगानीकर्ता संघ 
अवपनि स्थानीय निर्वाचन हुँदैनकि भन्नु ‘वाइयात, राट्रघाती’ सोच हो । अवका दिनमा कसैले पनि चाहेर चुनाव रोकिदैन र रोकिनु पनि हुँदैन । अव हामी सम्पूर्ण युवा मिलेर यो वा त्यो पार्टी होइन बरु राम्रो उम्मेद्वारलाई जिताऔ । हाम्रा पुस्ताले यो देश दुइ ढुङ्गा बीचको तरुल होइन दुइ सर्प बिचको गरुड हो भन्ने साबित गर्ने गरी अगाडी बढौ । अतिवादी एवंम् बिखण्डनकारी सोच त्यागौ । स्थानीय निर्वाचननै समुन्नत नेपाल र नेपालीको पहिलो आधार भएकोले यो निर्वाचन सफल पार्नु हामी युबाहरुको प्रमुख दायित्व हो ।
कृष्ण गिरी, लगानीकर्ता तथा धीतोपत्र डटकमका संयोजक 

स्थानीय निकायको चुनाव हुन्छ । कुनैपनि हालतमा चुनाव नहुने भन्ने कुरा हुन्न । चुनाव सर्न भने सक्छ । माघ ७ को संसदीय चुनाव गर्नलाई कम्तीमा ३-४ महिनाको समय राखेर सार्ने कुरा आउन सक्छ । तर अव चुनाव हुँदैन भन्नु गलत हो । चुनाव हुँदै भएन भने केहि हदसम्म बजार घट्छ । त्यसका विभिन्न कारणहरु छन् । तर त्यतातिर सोचेर समय बर्वाद गर्नु अहिलेको समयमा राम्रो होइन । चुनाव हुन्छ । सबैले सकारात्मक सोच लिएको राम्रो हो । सकारात्कम सोच लिएर अगाडी बढे सेयर बजारमा पनि फाइदा हुन्छ । 
सुन्दरप्रसाद पकुवाल, सेयर लगानीकर्ता 
चुनाव भएन भने केहि हदसम्म बजार घट्छ । तर अव पनि नभएको चुनाव त कहिले होला र ? गाउँ गाउँमा चुनावी माहोल छ । राजनीतिक दलहरु चुनावको तयारी गरिसकेका छन् । चुनावमा असहमति जनाएको मधेशी मोर्चाले पनि सकारात्मक कुरा गर्न थालिसकेको छ भने मधेशमा समेत चुनावी सरगर्मी बढीसकेको छ । त्यसैले चुनाव हुन्छ । सेयर बजारमाथि जाने कुरामा कुनै शंकानै छैन । अव चुनाव हुँदै भएन भने त बजार केहि हदसम्म घट्नु त सामान्य नै हुनेछ । तर त्यो दुर्भाग्यपूर्ण हुनेछ । त्यस्तो नहोस् भन्ने सबैको कामना हो । अहिलेको स्थितिलाई हेर्ने हो भने त त्यसो नहोला पनि । 
निर्मल श्रेष्ठ, सेयर लगानीकर्ता 

अहिले बजार केहि सकारात्मक बनेको छ । सामान्य करेक्सनलाइ छोडेर लगानीकर्ताहरु उत्साहित छन् । यो उत्साह अझै रहनेछ । त्यसमा कुनै शंका नै छैन । चुनाव हुन्छ । चुनाव हुन्न भन्ने कुरा अव नेपाली जनताले सोच्न पनि सक्दैनन् । यसो त राजानितिक दलपनि त्यसका लागि तयार भइसकेका छन् । चुनावको तयारी जताततै छ । सेयर बजार पनि ‘सेन्टिमेन्ट’मा चल्ने बजार हो । अहिलेको बजार चुनाव कै कुराले पनि बढेको छ । यो बढ्ने क्रम अझै केहि समय हुनेछ । चुनावसँगै बजारमा पैसा आउँछ । लगानीकर्ताहरुले खुलेर लगानी गर्छन्। त्यसैले चुनाव हुन्छ । सेयर बजारपनि माथि जान्छ । यो कुरामा ढुक्क भएर सेयरमा लगानी गर्दा हुन्छ।

रामु खनाल, लगानीकर्ता / विश्लेषक 

चुनाव हुन्न भन्ने कुरा शत प्रतिशत गलत हो । नेपालको संविधानमानै अन्तिम सीमा निर्धारण गरिएको छ । उक्त सीमाभित्र चुनाव हुनुपर्छ । केहिगरी चुनाव भएन भने संवैधानिक संकट आउँछ । हुन त त्यस्तो अवस्था सिर्जना भएमा बाधा अड्काउको मध्यमबाट संविधान संशोधन गरेको इतिहास पनि छ । तर अहिले चुनाव हुन्छ भन्नेमानै अधिकांस लगानीकर्ताहरु छन् । राजनीतिक दलहरु पनि चुनावी चटारोमा लागिसकेका छन्। चुनाव हुन्छ र हुनुपर्छ ।    
दुर्गा प्रसाद काफ्ले, लगानीकर्ता 
यतिधेरै तयारी भइसकेपछी त चुनाव त हुन्छ नै । चुनाव नहुने भन्ने जोखिम निकै कम छ । तर चुनाव भएन भनेचाहिं पूँजीबजार ‘उपरखुट्टी’नै लाग्छ । सेयर बजारमात्र होइन समग्र राजनीतिक अवस्थानै राम्रो हुँदैन । सरकार पनि ढल्छ । अहिले लगानीकर्ताहरु चुनाव हुन्छ भन्ने आशमानै सेयर बजारमा लगानी गरिरहेका छन् । चुनाव भएपछि बढी नाफा हुन्छ भनेर लगानी गर्नेहरु धेरै छन् । अर्थतन्त्र राम्रो भएर पूँजी बजार बढेको होइन । बजार चुनावको ढोल पिटेर बढाइएको छ । चुनावनै भएन भने सबैको लगानी डुब्छ । तर अहिले सकारात्मक बन्ने बेला हो । चुनाव सबै मिलेर सफल गराउनुपर्छ ।       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: