×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चैत २७ देखि जनता बैंकले लिलामीमा नपरेको सेयरको पैसा फिर्ता दिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आउने चैत २७ गतेदेखि लिलामी बाँडफाँटमा नपरेको सेयरको पैसा जनता बैंकले फिर्ता गर्ने भएको छ । बिक्री प्रबन्धक एनसीएम मर्चेन्ट बैंकिङ, कमलपोखरीबाट पैसा फिर्ता लिन पाइनेछ । जनताले हकप्रद खुल्लाका बेला विक्री नभएको संस्थापक समूहको तीन लाख ९६ हजार ५२६ कित्ता र सर्वसाधारण समूहको तीन लाख ७० हजार नौ कित्ता सेयरको चैत १ देखि १५ गतेसम्म लिलामी गरेको थियो । यसको बाँडफाँट गत मंगलबार भएको हो । लिलामीमा न्यूनतम २८२ रुपैयाँ भाउ तोक्नेले सेयर पाएका छन् ।
जनताले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड १३ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी दुई अर्ब ३० करोड ७२ लाख रुपैयाँ छ । जनताको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ४१ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: