×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश बिकास बैंकको करोडौं ठगेर भागेका बैंकर खनालको जायजेथा रोक्का, अन्य ५ कर्मचारीसमेत निलम्बित !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ बैशाख २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

कैलाश बिकास बैंकको करोडौं ठगेर भागेका बैंकर खनालको जायजेथा रोक्का, अन्य ५ कर्मचारीसमेत निलम्बित !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कैलाश विकास बैंकबाट करोडौं रुपैयाँ ठगेर विदेश भागेका पोखरा लाचाचौर शाखाका प्रमुख रविचन्द्र खनालसहित ५ कर्मचारीलाई बैंकले निलम्बित गरेको छ । बुधबारदेखि अरु कर्मचारी खटाउने गरी बैंकले यस्तो निर्णय गरेको हो । त्रिभुवन विमानस्थल काठमाडौंको अध्यागमन कार्यालयको रेकर्डले खनाल देशबाट बाहिरिइसकेको देखिएको छ ।
यता ठगी प्रकरणका अभियुक्त खनालको तनहुँस्थित सम्पतिसहित, पोखरा पस्र्याङको घरजग्गा र गगनगौंडाको जमिन लगायतका जायजेथा रोक्का गरिएको कैलाश विकास बैंकको पोखरा क्षेत्रीय कार्यालय प्रमुख सूर्य तिवारीले बताएका छन् । ‘लेखापरिक्षण चलिरहेको छ । कति हिनामिना भयो भन्ने यकीन भइसकेको छैन । तर जति हिनामिना भएको हो, त्यति उनको जायजेथाबाट असुल्न सकिने मात्रैमै भएको अनुमान गरेका छौं ।’ उनले भने । 
बेपत्ता खनाल कैलाश विकास बैंकमा आउनुअघि नेपाल एक्सप्रेस फाइनान्सको पोखरा, सभागृहचोकस्थित शाखा प्रमुख थिए । उक्त फाइनान्स गएको वर्षमात्रै कैलाश विकास बैंकमा मर्ज भएको हो । सँगसँगै मेट्रो विकास बैंक पनि मर्ज भएको थियो । एउटा शाखा हेरिसकेको व्यक्ति भनेरै कैलाशले लामाचौर शाखामा खनाललाई जिम्मेवारी सुम्पेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: