×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७४ सालमा कुन राशिले कुन राशिसँग कारोबार गर्दा राम्रो ? कुनसँग नराम्रो ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ  )
मेष राशि भएकाहरुले कर्कट र सिंह राशि भएकाहरुलाई ऋण सापटी नदिंदा यो बर्ष राम्रो होला । वृष राशिसँग कारोबार गर्दा फाइदाजनक होला ।  मिथुन राशिसँग सजग रहनुहोला । कुम्भ राशिसंग पैसाको कारोबार गर्दा ख्याल गर्नुहोला ।    

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मीन, मिथुन र मकर राशिसँग कारोबार कम गर्दा राम्रो होला । अरु राशि भएकाहरुसंगको कारोबार राम्रै होला । कुम्भ राशिलाइ ऋण सापटी नदिएको राम्रो । कन्या राशिसंग मिलेर काम गर्दा फाइदा होला । तुला राशिसंग कारोबार गर्दा ख्याल पुर्याउनुहोला ।     
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सिंह राशिसंग काम गर्दा बढी नै फाइदा होला । मेष, र कर्कट राशिसँग काम गर्दा सजग हुनुहोला । सुनचाँदीको कारोबार गर्दा मीन राशीसंग सकेसम्म नगर्नुहोला ।    
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कन्या राशिसंग मिलेर काम गर्दा फाइदा होला । कुम्भ राशीसँग खासै फाइदा हुने योग छैन । मीन राशिसंग काम गर्दा उसले बढी फाइदा कमाउला । वृष राशिसंग काम गर्दा फाइदा होला । कर्कर्ट नै राशि भएकाहरुलाई ऋण सापट नदिएको राम्रो होला ।     

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिथुन राशिसंग मिलेर काम गर्दा फाइदा होला । सिंह राशि नै भएकाहरुसंगको कारोबार पनि औसत रहनेछा । सकेसम्म धनु राशिसंग कारोबार नगर्दा नै बेश होला ।      

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तपाईंलाइ मकर राशिसंग काम गर्दा फाइदा होला । वित्तीय कारोबार गर्नलाई तुला राशि सहज होला । मेष राशिदेखि जोगिनुहोला ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि भएकाहरुका लागि लगभग कुनै राशि पनि नाफाफ्ने खालको छैन । बढी फाइदाचाहिं तुला राशिसंग होला । धनु राशिको पछाडी नलाग्दा राम्रो होला भने मीन राशिसँग ठुलो रकमको कारोबार नगर्दा राम्रो होला ।   
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मेष, र मकर राशिसंग काम गर्दा फाइदा होला । मीन राशिलाइ ऋण दिंदा होस् पुर्याउनुहोला । मिथुन राशिसंग कारोबार गर्दा फाइदा नै होला ।   

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कर्कट र धनु नै राशि भएकाहरुसँग कारोबार गर्दा फाइदा नै होला । सुनचाँदीको कारोबार गर्दा वा ऋण सापटी गर्दा मेष राशिसंग सजग बन्नुहोला । मीन राशिसंग औसत कारोबार हुनेछ ।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मेष राशि संग जोगिनुहोला । कुम्भ र कर्कटसंग काम गर्दा फाइदा होला । मेष राशि भएकासंग वित्तीय कारोबार गर्दा फाइदा नै होला ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मेष, मिथुन, मीन र धनु राशि भएकाहरुसंग कारोबार नगर्दा नै राम्रो होला । अन्य राशिसंगको कारोबार राम्रै होला । कन्या राशिसंग कारोबार गर्दा सजग हुनुहोला ।   
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशि भएकाहरुले मीन नै राशि भएकाहरुसंग कारोबार गर्दा निकै फाइदा होला । अशुभ राशि खासै कुनै छैन । सिंह राशिसंग कारोबार गर्दा ख्याल गर्नुहोला ।   
प्रस्तुती : पण्डित श्रीधर पौडेल   
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: