×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काभ्रेमा कुन दलबाट को-को हुँदैछन् उम्मेदवार ? राहत घोटालाका आरोपितनै उम्मेदवार बन्ने भएपछि एमालेभित्र विवाद !

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रे- काभ्रेमा चुनावी माहोल तातेको छ । कुल ६ नगरपालिका र ७ गाउँपालिका  रहेको काभ्रेमा सबैदलले आ-आफ्ना उम्मेदवारहरु अगाडी सारेका छन् । चलेका पत्रकारदेखि पूराना नेतासम्म उम्मेदवार बन्ने होडदाजी चलिरहँदा भूकम्प पीडितको राहत घोटाला गरेको आरोप लागेकाहरु पनि उम्मेदवार बन्न लागेपछि काभ्रेमा केहि वडाको उम्मेदवारलाइ लिएर भने विवाद भएको छ । विवादका बीच केहि पार्टीले आफ्नो उम्मेद्वारी सार्वजनिक नै गरेका छन् भने कहिले बाँकी छ ।  
कहाँ कति मतदाता ?
बनेपाको मतदाता संख्या ३१ हजार ३९ जना छन् भने पनौती नगरपालिकामा ४६ हजार ५ सय ९५ जनसंख्या तथा ३२ हजार २ सय २८ मतदाता छन् । यस्तै धुलिखेल नगरपालिकामा २१ हजार ५ सय २२, पाँचखाल नगरपालिकामा २३ हजार ९ सय २९, नमोबुद्ध नगरपालिकामा २० हजार ७ सय १७, मण्डनदेउपुर नगरपालिकामा २२ हजार २ सय २२, खानीखोला गाउँपालिकामा ७ हजार २ सय ८७, चौरीदेउराली गाउँपालिकामा १५ हजार ३१, बेथानचोक गाउँपालिकामा ११ हजार ९ सय ७९, तेमाल गाउँपालिकामा १४ हजार ६ सय ३८, महाभारत गाउँपालिकामा ८ हजार ६ सय १५, रोशी गाउँपालिकामा १५ हजार ६ सय ६१ र भुम्लु गाउँपालिकामा १३ हजार १ सय ४५ मतदाता छन् । 

घोषणामै विवाद !
केहि पार्टीले आफ्ना उम्मेदवार घोषणा गरेको भएपनि अन्तिम घोषणा भने नभएको बुझिएको छ । केहि पार्टीले आफ्नो उम्मेद्वारी घोषणा गर्दैगर्दा पार्टीभित्र तीब्र विवाद भएको समेत बुझिएको छ । सबै दलले आफ्नो औपचारिक उम्मेदवारको अन्तिम नामावली भने केहिदिनमा प्रकाशन गर्ने बुझिएको छ । यता काभ्रेमा सबैभन्दा बढी विवादित ठाउँ नमबुद्ध नगरपालिका हुने भएको छ । यस नगरपालिकाभित्रको एक वडामा भूकम्प पिडीतको राहत घोटाला गर्ने व्यक्तिनै एमालेका तर्फबाट उम्मेदवार हुने हल्लाले अहिले पूरै काभ्रे तताएको छ । भूकम्प गएका बेला राहतका नाममा आएको लाखौँ रुपैयाँ गाउँका केहि हाइते, हुइतेसँगको मिलेमतोमा पचाएको, राहतका नाममा आएको चामल, पाल लगायतका समानहरु लुकाएको जस्ता आरोप लागेका व्यक्ति नै आफ्नो पार्टीले उम्मेदवार बनाउन लागेको भन्दै एमालेभित्र नै चर्को विवाद देखिएको छ । 
दौडधुपमा रहेका सम्भावित उम्मेद्वार
बनेपा नगरपालिका
नेपाली कांग्रेस: रामकुमार मुल्मी, कृष्णगोपाल भैल, योगेन्द्रनाथ कर्मचार्य, राम जोशी, महेश कर्माचार्य, जिवना वादे, शुभलक्ष्मी मानन्धर, ज्ञानु काफ्ले
नेकपा एमाले: सिला कतिला, लक्ष्मीनरसिं बादे, रघुवरचौ प्रधान, लम्बोदर कायस्थ 
माओवादी केन्द्र: तुलसी नारायण श्रेष्ठ, भैरव केसी, रञ्जितसिं कपाली
राप्रपा: रोहित बादे, भवनाथ दाहाल, उदयसिं मुस्याजु, दामोदर थापा
फोरम लोकतान्त्रिक: सविना श्रेष्ठ, प्रेम वैदार 
राष्ट्रिय मधेसवादी पार्टी: सवरकुमार प्रजापति, सुरेश श्रेष्ठ 
धुलिखेल नगरपालिका
नेपाली कांग्रेस: इश्वरी ओझा, रमेश हुमागाईं, विमल ब्याञ्जु, जितकृष्ण घिनान्जु, रविन्द्र सिग्देल, समिर ब्याञ्जु, राजाराम गौतम 
नेकपा एमाले: अशोक ब्याञ्जु, रामकृष्ण हुमागाईं, केशव बडाल
माओवादी केन्द्र: दिलसुन्दर श्रेष्ठ, सुभाषकाजी श्रेष्ठ, पृथ्वी थापा 
राप्रपा: महेन्द्रविक्रम शाह, बुद्धराम श्रेष्ठ, रविन्द्र श्रेष्ठ 
पनौती नगरपालिका
नेपाली कांग्रेस: विदुर बञ्जारा, रामशरण भण्डारी, महेश पौडेल, भोला थापा, अर्जुन बञ्जारा 
नेकपा एमाले: भिम न्यौपाने, बसुन्धरा हुमागाईं, रमेश पौडेल, सुरेश हुमागाईं, सहदेव थापा, विश्वेश्वर बञ्जारा 
माओवादी केन्द्र: जगन्नाथ गिरी, द्वारिका दास, प्रभुराम केसी 
राप्रपा: राजेन्द्र केसी, आरजुकुमार केसी, रामहरि केसी 
पाँचखाल नगरपालिका
नेपाली कांग्रेस: कुमार लामिछाने, अर्जुन सापकोटा, सुन्दरमणी आचार्य, महेश खरेल, गणेश अधिकारी 
नेकपा एमाले: रुद्र बानियाँ, कञ्चन अधिकारी, रविन्द्र सिपखान, शुभ अधिकरी 
माओवादी केन्द्र: हरि दुलाल, गणेश श्रेष्ठ, दामोदर अधिकारी, कुमार गौतम 
राप्रपा: सत्यदेवी थापा, रामगोपाल ढुंगाना, केदार ढुंगाना 
नमोबुद्ध काशीखण्ड नगरपालिका
नेपाली कांग्रेस: कुन्साङ लामा, इन्द्र दाहाल, इन्द्रबहादुर खड्का, दिनेश भुर्तेल, रमिला अधिकारी, सिर्जना खनाल, कमला खनाल
नेकपा एमाले: टि.पी. शर्मा, चन्द्र लामा, गोमा भुर्तेल, कृष्णचन्द्र आचार्य, राकेश लामा 
माओवादी केन्द्र: रत्न लामा, हरि तिमल्सिना 
राप्रपा: केशव रायमाझी, हरिकृष्ण काफ्ले, भवानी उप्रेती 
मण्डन देउपुर नगरपालिका
नेपाली कांग्रेस: अच्युत पौडेल, माधव ढकाल, केशव तिमल्सिना, गोविन्द पराजुली, चन्द्र ढकाल 
नेकपा एमाले: टोक वहादुर वाइवा, रुद्रबहादुर तामाङ, विदुर सापकोटा, कृष्णकुमार श्रेष्ठ 
माओवादी केन्द्र: रिता ढकाल, निराजन ढकाल, राज लामा, यदुनाथ गौतम 
राप्रपा: रामकृष्ण सापकोटा, इन्द्रलाल श्रेष्ठ 
तिमाल गाउँपालिका
नेपाली कांग्रेस: सिवी लामा, सलाम सिं लामा, सञ्जिव लामा, जोगलाल लामा
नेकपा एमाले: नारायण पाण्डे, इन्द्र तामाङ, कामीसिं तामाङ, जेनिस लामा, घनश्याम लामा 
माओवादी केन्द्र: सार्किमान तामाङ, खड्गबहादुर तामाङ, डिलबहादुर थोकर 
राप्रपा: कामीसिं लामा, केशव लामा 
चौरी देउराली गाउँपालिका
नेपाली कांग्रेस: विक्रम गौतम, माधव पन्त, शेरबहादुर लामा, विष्णु चौलागाई, प्रमिला योञ्जन 
नेकपा एमाले: मुकुन्द गौतम, लेखराज गौतम, दिलिप घिसिङ, बाबुकृष्ण पन्त, चन्द्रसागर लामा 
माओवादी केन्द्र: दिनानाथ गौतम, विष्णु गौतम, हेम चौलागाईं, रुकु गौतम, गीता रसाइली 
राप्रपा: जितबहादुर कुँवर 
भुम्लु गाउँपालिका
नेपाली कांग्रेस: बालकृष्ण श्रेष्ठ, तस्वीर लामा, तोरणबहादुर क्षेत्री 
नेकपा एमाले: जनार्दन अधिकारी, गुमानध्वज कुँवर, प्रेम लामा, सुरेश कक्षपति, कृष्णमान तामाङ 
माओवादी केन्द्र: प्रेम भुजेल, सूर्यदेव योञ्जन, नकुल पराजुली 
राप्रपा: दिनेश लामा, तेजबहादुर केसी 
महाभारत गाउँपालिका
नेपाली कांग्रेस: रकम सिं घलान, सागर लामा, विष्णुमाया पुलामी, राम लामा
नेकपा एमाले: बसन्त कुँवर, टेकबहादुर थापा, घनश्याम आलेमगर, सुजन राना मगर 
माओवादी केन्द्र ः कुलदिप अस्थानी मगर, सुजन लामा, कान्छामान जिम्बा 
रोशी गाउँपालिका
नेपाली कांग्रेस: शंखबुद्ध लामा, दिनेश लामा, डी.वी. लामा, गुणराज मोक्तान 
नेकपा एमाले: अमित लामा, दिलिप तामाङ, जगत शाह, हरिकुमार मैनाली 
माओवादी केन्द्र: अशोक गौतम, कृष्णबहादुर आले मगर, मिनबहादुर वाइबा 
राप्रपा: टुल्कु लामा, यदुमन शाह, पशुपतिकुमार शाह 
खानीखोला गाउँपालिका
नेपाली काँग्रेस : गोपाल दर्लामी, विष्णु तिमल्सिना, हस्तबहादुर घेवा, रेशम बल 
नेकपा एमाले : शेखर लामा, मानबहादुर गोले, कृष्ण खुलाल 
माओवादी केन्द्र : दैवलाल घिसिङ 
राप्रपा : चन्द्र जिम्बा, डम्बर घिसिङ 
बेथानचोक गाउँपालिका
नेपाली कांग्रेस : नारायण तिमल्सिना, प्रेमबहादुर तिमल्सिना, गोमा गोले, मर्दनसिं लामा, भगवान आधिकारी, रामप्रसाद अधिकारी 
नेकपा एमाले : कमल तिमल्सिना, वेदप्रसाद तिमल्सिना, प्रेम लामा 
माओवादी केन्द्र : जयबहादुर लामा, सुदर्शन थापा, पेमा लामा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: