×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेमोरी कार्डबाट डाटा डिलिट भयो ? नो प्रोब्लम ! यसरी निकाल्न सकिन्छ आफुलाई चाहिने फाइल

काठमाडौँ – हामीलाई चाहिने फाइलहरु हामी मेमोरी कार्डमा राख्ने गर्छौं । यसो त अन्य विभिन्न काममा पनि हामी मेमोरी कार्ड प्रयोग गर्छौं । तर मेमोरी कार्डका फाइलहरु हराएर तनाव हुने गरेको तीतो अनुभवसमेत धेरैसंग छ । तर अव त्यस्तो समस्या पर्दैन । किनकि मेमोरी कार्डबाट सहजै आफुलाई चाहिने फाइल निकाल्न सकिन्छ भन्ने कुरा तरिकासहित हामी तपाईंलाइ बताउँदैछौं । हेरौ यी उपायहरु :


१. फाइल हराएको मेमोरी कार्डलाइ चलिरहेको डिभाइसबाट झिकेर अर्को डिभाइसमा राख्ने । भाइरसका कारण कहिलेकाहीं फाइल नदेखिने हुनाले यसो गर्दा फाइल पाउन सकिन्छ ।

२. पहिलो तरिकाले काम गरेन भने कार्ड रिडरमा राखेर हेर्ने । कम्प्युटरको स्टार्टमा गएर सर्च बक्समा cmd टाइप गर्ने । कमाण्ड विन्डो खुलेपछि उक्त ड्राइवको फलो गर्दै …chkdsk टाइप गर्ने । त्यसपछि ‘F’ लेखेर इन्टर गर्ने । त्यसपछि तपाईंको फाइल देखिन थाल्छ ।

३. कहिलेकाहीं फाइल हुने तर नदेखाउने समस्या हुन्छ । यसका लागि उक्त कार्डको प्रोपर्टीमा गएर हेर्ने । कार्डको सबै फाइल डिलिट भएको छ भने मेमोरी कार्डमा पूरै स्पेस खाली देखिन्छ । होइन भने त्यहाँ भएको सबै फाइल निकाल्न सकिन्छ ।

४. यसका लागि ‘रिकोभा’ नामक सफ्टवेर प्रयोग समेत गर्न सकिन्छ । यो सफ्टवेरले तपाईंको मेमोरीमा भएका सबै फाइल निकाल्न मद्धत गर्छ ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: