×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मोर्चाले निर्वाचन बिथोल्ने : आन्दोलनको कार्यक्रम आज घोषणा हुने

काठमाडौ – मधेसी मोर्चाले सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
मोर्चाको शनिबार बसेको बैठकले मोर्चाका माग पूरा गर्नुको साटो सरकारले औपचारिकताका लागि मात्रै निर्वाचनमा सहभागी हुन आह्वान गरेको भन्दै कडा आन्दोलनका कार्यक्रम बनाएको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले बताए । ‘मोर्चाले निर्वाचनलाई असफल पार्न सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको छ’, नेता कर्णले भने ।
मोर्चा आन्दोलनको कार्यक्रम आज (आइतबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारीमा छ । उपेन्द्र यादव, राजेन्द्र महतो महन्थ ठाकुरलगायत मोर्चाका शीर्ष नेताको सहभागितामा तय भएको वैशाख ५ देखि ३१ गतेसम्मका विरोध कार्यक्रममा जुलुस प्रदर्शन, धर्ना, आमसभा तथा बन्द हडतालसम्मका छन् । संविधान संशोधनलगायत विभिन्न माग राखेका मोर्चाले चैतसम्म सरकारलाई माग पूरा गर्न अल्टिमेटम दिँदै माग पूरा नभए दीर्घकालीन आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: