×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अंश जोगाउन १ लाखमा पत्नीको हत्या

बारा – वीरगन्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पढिडत कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको खबर आजको कान्तिपुरमा छ ।
सर्लाही गोडैता ११ का ३५ बर्षीय अमरेन्द्रकुमार पण्डतले १ लाख खर्चेर २८ बर्षीया पत्नीको हत्या गराएको प्रहरी अनुसन्धनबाट खुलेको हो । बबिता जागिरको सिलसिलामा एक बर्षदेखि वीरगन्ज बस्दै आएकी थिइन् ।
जिल्ला प्रहरी प्रमुख नरेन्द्रप्रसाद उप्रेतीले बविताले सम्बन्ध विच्छेदसहित अंशका लागि सर्लाही अदालतमा मुद्दा दिएको र अंश दिने आदेश भएको बताए । ‘उक्त अंश जोगाउनलाई अमरेन्द्रले भाइ नाता पर्नेबाट हत्या गराएको खुलेको छ ।’ उप्रेतीले भने । बबिता जागिरे भएर उसले अंश लिई अकैसँग विवाह गर्नसक्ने नकारात्मक सोचबाट प्रेरित भएर हत्या गराएको प्रहरीले जनाएको छ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: