×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसीएमको नाम परिवर्तन हुँदै, वैशाख ८ मा विशेष साधारण सभा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडको नाम परिवर्तन हुने भएको छ । बैशाख ८ गते विशेष साधारण सभा गर्दै नाम परिवर्तन हुने भएको हो । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार बैंकको संस्थाको साधारण सभामा कम्पनीको नाम परिवर्तन गर्ने एजेन्डा लगिने भएको छ ।  संस्थाको नाम परिवर्तन गरी सनराइज इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड राख्ने विशेष प्रस्ताव लैजाने तयारी भएको बताइएको छ । 
त्यतिमात्र होइन संस्थाको साधारण सभामा कम्पनीको जारी पुँजी वृद्धि गरेर २० करोड रुपैयाँ र चुक्ता पुँजी बढाई १० करोड रुपैयाँ पुर्याउने एजेन्डा समेत लगिने भएको छ ।  संस्थाको विशेष साधारण सभा आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 
यस्तै कम्पनीले प्रमुख कार्यकारी अधिकृतको ३ वर्षीय कार्यकाल १ वर्ष थप गरेर ४ वर्ष पुर्याउने प्रस्ताव पनि लैजाने भएको छ भने एनसीएमले सनराइज बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा काम गर्ने बताइएको छ। 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: