×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बैंकको २३.७४% हकप्रद सेयर खुल्यो, यी ठाउँबाट फारम भर्ने

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं : नेपाल बैंकको २३.७४% हकप्रद सेयर बिक्री खुला भएको छ । बैंकले १००ः२३.७४ अनुपातमा एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रदको मूल्य प्रतिकित्ता १०० रुपैयाँ हुने र जेठ १० गतेसम्म भर्न पाइनेछ । यो हकप्रदमा चैत २८ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 
नेपाल बैंकको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रद सेयर सिभिल क्यापिटल मार्केट लिमिटेड सिटिसी महल सुन्धारा काठमाडौंमा गएर आवेदन फारम भर्न सकिनेछ । त्यसैगरी, नेपाल बैंकको केन्द्रीय कार्यालय धर्मपथ काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट पनि हकप्रद आवेदन दिन सकिनेछ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: