×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसकारण हुन्छ रिचार्ज कार्डमा समस्या : यस्तो छ टेलिकमभित्रको ‘फोहोरी खेल’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ चैत्र २०७३, मंगलवार

PRIME CA
laxmi sunrise bank

यसकारण हुन्छ रिचार्ज कार्डमा समस्या : यस्तो छ टेलिकमभित्रको ‘फोहोरी खेल’

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – केहि महिनाअघिको कुरा हो, काठमाडौँ निवासी सुमन सिग्देल, जसले आफ्नो ब्यालेन्स सक्किएपछी नेपाल टेलिकमको रिचार्ज कार्ड किने । रु १०० को रिचार्ज कार्ड । सिरियल नम्बर १११६०६०१२२०३२८७५ रहेको उक्त कार्डबाट उनले थुप्रै पटक रिचार्ज गर्न खोजे तर रिचार्ज भएन । त्यपछि उनी रिचार्ज पसलमा गएर कार्डमा समस्या भएको सुनाउँदा, पसल संचालकले भने, ‘इसेवाबाट गर्नुहोस् न !’ १०० रुपैयाँको रिचार्ज कार्ड फाल्ने कुरा पनि भएन । 
‘इसेवा नै किन र ?’ सोच्दै उनले दोश्रो रिचार्ज कार्ड किने । दोश्रोमा रिचार्ज भयो । धेरैपछी सम्म उनले त्यो रिचार्ज नभएको कार्ड राखेका थिए । पछी एक दिन रिचार्ज गर्न खोज्दा त्यो कार्डपनि रिचार्ज भयो । ‘ उनी त एक प्रतिनिधि पात्र मात्र हुन्, अहिले नेपाल टेलिकमको रिचार्ज कार्ड प्रयोग गर्न असहज मान्नेहरु धेरै छन् । कतिपटक तपाईंले पनि भोग्नु भएको होला । अझ कतिपटक त नेपाल टेलिकमलाई गालीपनि गर्नुभएको होला । तर यसमा नेपाल टेलिकममात्र दोषी होइन । टेलिकमका ठुला ठालुले इसेवासँग मिलेर जनता ठग्ने काइदा हो यो । नेपाल टेलिकमबाट सहजै रिचार्ज हुन नसक्ने समस्याले यतिबेला धेरै जनता पिडित छन् । विशेषगरी काठमाडौँबाहिरका जनतालाइ यो समस्याले निकै पिरोल्ने गरेको छ ।  
यस्तो छ भित्री रहस्य : मोटो रकमको चलखेल !
नेपाललाई डिजीटलाइज गर्ने बहानामा नेपाल टेलिकम र इसेवा बीच ठुलो रकमको चलखेल रहेको स्रोतको दावी छ । स्रोत भन्छ, ‘इसेवाका अध्यक्ष विश्वास ढकाल, सीइओ अस्गर अली र नेपाल टेलिकमका प्रबन्ध निर्देशक र त्यहाँका केहि इन्जिनियरहरुको मिलेमतोमा कुनै प्राइभेट कम्पनीलाई उकासेर नेपाल टेलिकमनै धरासायी बनाउने खेलमा लागिएको छ ।’ स्मरण रहोस् इसेवा त्यहि कम्पनीको प्रोडक्ट हो, जसले क्यास अन एडका नाममा जनताको करोडौं रुपैयाँ ठगेको थियो । त्यसरी जनताको करोडौं रुपैयाँ पचाएको कम्पनीका अध्यक्ष विश्वास ढकाल अहिलेपनि राजनीतिक आडमा भरमा खुलेआम हिंडीरहेका छन् । यसो त इ-सेवाबाट सन्तुष्ट भएका वा इसेवाले जनजीवन सहज बनाएका हजारौं सन्तुष्ट ग्राहकहरु पनि छन् । तर कमिसनकै आडमा व्यापार गरेर सरकारी संस्थान डुबाउन खोज्ने कर्तुतको भने टेलिकमभित्रैबाट बिरोध हुन थालेको छ ।
स्रोतका अनुसार टेलिकम र इसेवा सञ्चालक कम्पनी इसेवा फोन पे इन्टरनेश्नल प्रालि नामक कम्पनीबीचको रकम चलखेलका कारण नेपाली जनता मारमा परेका छन् । यसअघिका टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यलाइ इसेवाका तर्फबाट रार्मो इनाम गएको थियो । अहिलेकि प्रबन्ध निर्देशकलाइ कामिनीराज भण्डारीलाई पनि कम्पनीले मोटो रकम दिएर फकाएको स्रोतको दावी छ । ‘इसेवाका अध्यक्ष विश्वास ढकाल घरी अमेरिका त घरी नेपाल गरेर खुलेआम हिंडीरहेका छन्  । इसेवाले धेरैलाइ सन्तुष्ट बनाएकाले पनि उनीसँग धेरैको ‘इमोसनल’ साथ छ । तर टेलिकमका प्रबन्ध निर्देशकहरुसँग मिलेर इसेवा सरकारी संस्थान डुबाउने र आफु मोटाउने धन्दामा लागेको छ  ।’ स्रोतका अनुसार नेपाल टेलिकममा यतिसम्म बदमासी भइरहेको छ कि टेलिकमका केहि उच्च अधिकारीलाई इसेवाका तर्फबाट निकै मोटो रकम दिएर नेपाल टेलिकमकै कतिपय आधिकारिक ठाउँबाट समेत इसेवा प्रयोग गरी रिचार्ज गरिने गरेको छ ।
के भन्छ इसेवा ?
यसबारे केहि समयअघि अर्थ सरोकार डटकमले इसेवाका प्रमुख कार्यकारी अधिकृत  अग्सर अलीसँग अलीसँग सोधेको थियो । जवाफमा उनले इसेवाले जनता नठगेको र रिचार्जमा हुने गरेको समस्या नेटवर्कको कारण हुने गरेको दावी गरेका थिए । उनले आफुहरु समयसापेक्ष रुपमा रिचार्जकार्ड हटाएर डिजीटल रिचार्ज प्रविधिमा देश जानुपर्ने भन्ने कुरामा ध्यान दिएर अगाडी बढेको बताएका थिए । उनले नेपाल टेलिकम र आफुबीच कुनैपनि असान्दर्भिक सम्बन्ध नरहेक समेत दावी गरेका थिए । ‘हामी डिजिटल नेपालको परिकल्पना गरिरहेका छौं । कार्डहरु हट्नु राम्रो कुरा हो । हामी हाम्रै मोबाइलबाट सबै कुरा होस् भन्ने अभियानमा छौं । यसले समग्रमा सबैलाई राम्रो गर्छ ।’ उनले भने ।
यता इसेवाले भने राजनीतिक पावरदेखि पैसाको प्रलोभन समेत देखाएर नेपाल टेलिकमलाई आफ्नो बसमा पार्ने गरेको छ भने टेलिकमले आफ्नो सेवा लिएको देखाएर एनसेलसँग पनि बार्गेनिङ गर्ने गरेको स्रोतको दावी छ । ‘रिचार्ज कार्डबाट रिचार्ज गर्यो भने बोनस आउदैन, इसेवाबाट भने बोनस आउँछ । यो त सीधा नेपाल टेलिकमबाट सेवा लिंदा महँगो र कुनै प्राइभेट कम्पनीबाट लिंदा सस्तो पर्ने देखियो । यो त सरासर नीतिगत भ्रष्टाचार हो ।’ यसबारे हामीले इसेवाका सीइओ अस्गर अलीलाई सोध्दा उनले भने, ‘यो हाम्रो बिजनेश स्ट्राटीजी हो । हामीले आफुले पाउने कमिसनबाट जनतालाई क्यास ब्याक दिने गरेका हौँ ।’ इसेवाले दिएको यो सुविधा दिन सुरुमा टेलिकमले नमानेको तर पछी मोटो रकम घुसवापत दिएपछि टेलिकमले यो कुरा मानेको स्रोतको दावी छ । अझ अचम्म लाग्दो कुरा त के छ भने नेपाल टेलिकममा नयाँ निर्देशक आएपछि उनले यो कुरा के हो भन्ने विषयमा चासो लिएकी थिइन् । तर उनलाई पनि मोटो रकम ‘दक्षिणा’ दिएपछि अहिले यो प्रकरणबारे कोहि पनि बोलेको छैन ।

टेलिकम प्रवक्ताको गैरजिम्मेवार जवाफ, भन्छिन्, ‘इसेवा भनेको के हो ?’
आफ्नो कर्तुत लुकाउन पछिल्लो समय नेपाल टेलिकमकि प्रवक्ता माहेर देखिएकी छिन् । हामीले नेपाल टेलिकमले रिचार्ज कार्डमा समस्या देखाएर ठुलो चलखेल गरिरहेको भन्ने बारे सोधेको प्राश्नमा उनले ‘इसेवा भनेको के हो ?’ भनी गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिइन् । हामीले इसेवा भनेको ‘यस्तो’ हो भनेर बुझाएपछि उनले भनिन्, ‘काउन्टरमा होइन बाहिर मेसिन राखेको होला ।’ टेलिकमकि प्रवक्ताले इसेवा भनेको के हो भनेर सोध्नु र इसेवाबारे प्रश्न गर्दा यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनुलाइ टेलिकम र इसेवाबीच के पाकिरहेको छ भन्ने बुझ्न गाह्रो छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: