×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हेर्नुहोस् चोरीको प्रमाण : कल, एसएमएस नगरी वा डाटा नचलाई आफैं काटिन्छ एनटिसीको ब्यालेन्स !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ग्राहकको रकम सुटुक्क चोर्ने कुरामा होस् वा संस्थाभित्र भ्रष्टाचारको कुरालाई लिएर होस्, नेपाल टेलिकम प्राय विवादमा आइनैरहेको हुन्छ । यसअघिपनि हामीले ग्राहकको रकम कसरी सुटुक्क चोरी हुन्छ भन्ने तथ्यलाई प्रस्तुत गरेका छौं । यसैबीच हामीले अर्को त्यस्तै प्रमाण फेला पारेका छौं, जहाँ फोननै नगरी ८५ रुपैयाँ काटिएको छ । अर्थात नेपाल टेलिकमले ग्राहकको पैसा सुटुक्क चोरेको छ ।   
घटना काठमाडौँकै हो । काठमाडौँमा बस्ने नवराज कार्कीको मोबाइलबाट २५ मिनेटको अन्तरालमा विना एसएमएस र कल ब्यालेन्स चोरी भएको छ । नेपाल टेलिकमको ब्यालेन्समा शंका लागेपछि बुझेर हेर्दा उनले यस्तो तथ्य फेला पारेका हुन् । ‘मैले रिचार्ज गरेको थिएँ । केहि समयमा त पैसा काटिएको थाहा पाएँ । मैले कुनै कल पनि गरेको छैन । एसएमएसपनि गरेको छैन । तर मेरो पैसा काटियो । ८५ रुपैयाँ फोकटमा गयो । अर्थात नेपाल टेलिकमले मेरो पैसा चोर्यो ।’ कार्कीले अर्थ सरोकार डटकमसँग भने ।
यसअघि नेपाल टेलिकमले सुटुक्क ब्यालेन्स चोर्ने गरेको खबर अर्थ सरोकार डटकममा पढेका उनले आफु सजग हुँदा यस्तो तथ्य पत्ता लगाएको उनको भनाइ छ । ‘कुरा बैसाख ७ गतेको हो । ११९ हुनुपर्ने ब्यालेन्स एकाएक ३७.५३ भयो । कुनै पनि कल नगर्दा पनि ब्यालेन्स चोरियो ।’ उनी अगाडी भन्छन्  ‘ मैले कतै कल गरेको भए त्यसको विवरण नेपाल टेलिकमसँग होला । मैले एसएमएसगरेको भए त्यसको विवरणपनि होला टेलिकमसँग । मैले डाटापनि चलाएको छैन । तर मेरो पैसा काटिएको छ । टेलिकमले सुटुक्क ब्यालेन्स चोर्छ भन्ने कुरा सुन्दा आफैंलाइ पहिला अचम्म लागेको थियो । तर आज आफैं भोगें ।’      
यता उनले एउटा होइन आफ्नो अर्को पोष्टपेड मोबाइलमा पनि त्यस्तै समस्या भोगे । विना कारण पैसा काटियो । ‘अर्को मेरो आफ्नै पोष्टपेड को नम्बरमा केहि दिनअघि ५० रुपैयाँ पुगेन भनेर मेसेज आयो। ५० रुपैयाँ पुगेन भनेर । त्यसपछि रिचार्ज गरें । फेरि १८ पुगेन भनेर म्यासेज आयो फेरि ५० गरें । अहिले सम्म ३ दिन भयो रिचार्ज गरेको तर मेरो नम्बर खुलेको छैन ।’ अर्थ सरोकार डटकमसँग उनले भने ।
यता जनतालाई ठगेर खान पल्केका टेलिकमका हाकिमहरु यसबारे केहिपनि बोलिरहेका छैनन् । टेलिकमकि प्रवक्ता समेत नेपाल टेलिकमबारे आएका पटक पटकका फलोअप समाचारपछी अर्थ सरोकारकर्मीको फोन ब्लक लिष्टमा राखेर बसेकी छिन् । 
यो पनि बढ्नुहोस् :
EXCLUSIVE : +२१६ ९८ ०९०४२७ नम्बरको फोन आतंक : यस्तो छ नेपाल टेलिकमभित्रको जनता ठगेर मोटाउने धन्दा !

यसरी कानुन विपरित ग्राहकबाट चर्को नाफा असुल्छ नेपाल टेलिकम ! (प्रमाणसहित)

‘जब-जब एनसेलको विरोध हुन थाल्छ, नेपाल टेलिकममा अनेकौं समस्या देखाएर करोडौं कुम्ल्याईन्छ’

यसकारण हुन्छ रिचार्ज कार्डमा समस्या : यस्तो छ टेलिकमभित्रको ‘फोहोरी खेल’

रोकिएन टेलिकमको बदमासी : सोझा नेपाली ठगेको कमिसन टेलिकमका हाकिमको खल्तीमा !

टेलिकममा भ्रष्टाचार – २ : १५ लाखको एप्सलाई ७ करोड खर्च, नयाँ निर्देशकलेपनि ‘दक्षिणा’ बुझेपछि घटना गुपचुप !

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: