×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सुरु भयो अनलाइन कारोबार प्रणालीको डेमो देखाउने कार्यक्रम, लगानीकर्ताहरु उत्साहित !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लामो समयको प्रतीक्षापछी आगामी दशैंसम्म आउने भनिएको अनलाइन प्रणालीको डेमो लगानीकर्ता संघका प्रतिनिधि, ब्रोकर एसोसीएसनका प्रतिनिधि र केहि चर्चित आर्थिक पत्रकारहरुलाई देखाउने कार्यक्रम सुरु भएको छ । अहिले विहान १० बजेदेखि उक्त कार्यक्रम सुरु भएको हो ।
कुपन्डोल, ललितपुरस्थित होटल समिटमा भइरहेको उक्त कार्यक्रममा लगानीकर्ता संघका पदाधिकारी, ब्रोकर एसोसिएसनका पदाधिकारी र आर्थिक पत्रकारहरु उपस्थित छन् भने उक्त प्रणाली निर्माण कम्पनीका प्रतिनिधिहरु डेमो देखाईरहेका छन् ।
नेपालमा पहिलोपटक आउन लागेको यो प्रणालीको डेमो हेर्न लगानीकर्ताहरुसमेत उत्सुक देखिएका छन् भने डेमो देखाउँदै गर्दा उक्त प्रणाली निर्माण गर्ने कम्पनी पनि खुसी देखिएका छन् । कम्पनीका प्रतिनिधिले हिजो नेप्सेलाई यो प्रणालीको डेमो देखाएको थियो ।
‘अवको केहि घण्टा कारोबार प्रणालीको डेमो चल्नेछ । लगानीकर्ताहरु उत्शुक छन् । डेमो सकिएपछि लगानीकर्ता र ब्रोकरहरुको प्रतिक्रिया लिने कार्यक्रम छ ।’ होटल समिटबाट अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले जानकारी दिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: