×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रहरीको पेट्रोल पम्पमा ‘सुपक्षे’ हावी !

काठमाडौं । प्रहरी कल्याण कोषअन्तर्गत सञ्चालित नेपाल प्रहरीको पेट्रोल पम्पमा समेत क्षेत्रीयताले जरो गाडेको छ । प्रहरी निरीक्षक चिन्तामणि बुढाथोकी प्रमुख रहेको नक्सालस्थित प्रधान कार्यालय परिसरको पम्पमा समेत क्षेत्रीयतावादी हावी भएपछि सबै चकित भएका छन् ।
विगत १५ वर्षदेखि पेट्रोल पम्पमा कार्यरत असई द्रोण चन्दलाई पम्पका इन्चार्ज बुढाथोकीले आफ्नो क्षेत्रको मान्छे भएको भन्दै ड्युटीमा नराखी पैसा हुने धन्दा गर्न र अन्य खटनपटन मिलाउने जिम्मेवारी दिएका छन् । त्यहाँ कार्यरत अन्य कर्मचारीले हरेक दिनजसो थानकोटमा पेट्रोल लिन जानुपर्छ भने उनले चाहिँ पर्दैन । उनलाई त्यहाँको इन्चार्ज बुढाथोकीले संरक्षण गरेकैले दादागिरी मच्चाएको बताइएको छ । 
त्यसो त उनले ‘जयबहादुर चन्द आफ्नो काका’ भन्दै काका आएपछि सबैलाई छानीछानी बदला लिने भनेर समेत अन्य कर्मचारीहरूलाई तर्साउने गरेको बताइन्छ । एकपटक त्यो स्थानमा बसिसकेका प्रहरी कर्मचारीहरूलाई दोहो¥याएर त्यही स्थानमा नराख्ने प्रहरीको आन्तरिक नियम भए पनि पेट्रोल पम्पका केही कर्मचारीका हकमा भने त्यो नियम लागू भएको छैन । असई चन्द त त्यहाँ कार्यरत भएको १० वर्ष नाघिसकेको छ भने लामो समयदेखि एकै स्थानमा कार्यरत पम्पका अन्य कर्मचारीहरूमा प्रहरी हवल्दार कृष्ण राई, दिलीप कार्की, प्रहरी जवान शिवसन थापालगायत छन् ।
उनीहरूले उपत्यकामा भएका प्रहरी कार्यालयबाट इन्धन नै नहाली कुपनलाई आधा रकम दिने र उक्त तेल बेचेर पैसा खल्तीमा हाल्ने गर्दै आएको आरोप छ । उनीहरूले तेलै नहालीकन तेल घटेको भन्ने बहाना बनाएर रकम असुल्ने र उक्त काम खासगरी शिवसन थापाले गर्दै आएको बताइएको छ । उक्त पम्पमा मात्र हाल १८ जना कर्मचारी छन् । प्रहरीबाट अवकाश भइसकेका भूपू प्रहरीहरू पनि विगतमा ठूलो संख्यामा करारमा कार्यरत रहेकामा पछिल्लो समय तिनीहरूलाई भने हटाइएको छ ।
प्रहरी नियमावलीमा दुई वर्षभन्दा बढी एकै ठाउँमा रहन कुनै पनि व्यक्तिलाई अनुमति दिइएको छैन । कल्याण महाशाखाका प्रमुख एसएसपी पवन खरेल रहेका छन् । यता, प्रहरी कार्यालयका सहयोगी चेतराज न्यौपाने पुनः पेट्रोल पम्पमा नै आउन सफल भएका छन् । यसमा कल्याण महाशाखा प्रमुख खरेलको हात रहेको बुझिएको छ । बुढाथोकीले अहिले मासिक ६० हजार रुपैयाँसम्म अतिरिक्त आम्दानी गर्ने गरेको बुझिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: