×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकमा खाता छ ? होसियार ! यसरी हुनसक्छ बैंकबाट लाखौँ रुपैयाँ ‘गायब’ !

  • अर्थ सरोकार सम्बाददाता 
सुनसरी – सुनसरीको एक विद्यालयको खातामा रहेको साढे पाँच लाखभन्दा बढी रुपैयाँ बैंकबाटै गायब भएको छ। एक समूहले बैंक खाता संचालकनै परिर्वतन गरी बैंकबाट लिई फरार भएको आरोप पिडितहरुले लगाएका छन् । खाता संचालक फेरिदा नयाँ संचालकको नेपाली नागरिकताको प्रमाणपत्र पेश गरिनुपने भएपनि नयाँ खाता संचालक प्र.अ. विजेन्द्र मंडल र शिक्षक मोहन प्रसाद साहको नागरिकताको प्रतिलिपि समेत बैंकमा नबुझाई बदनियत ढंगले रकमको दुरुपयोग भएको आरोप पिडीतहरुको छ ।

यसरी भयो घटनाको खुलासा 
सुनसरी जिल्ला हरिनगरा गाँउपालिका वडा नं. १(साविक रामनगर भुटाहा ८) स्थित श्री चपडाही नि.मा.वि.लाई भवन निर्माणका लागि इटा दिएवापत २ लाख ४० हजारको चेक लिएर पुगेका व्यवसायी बुधनारायण मेहता राष्ट्रिय बाणिज्य बैंक इनरुवा शाखामा सोमबार पुग्दाँ खाता संचालकनै परिर्वतन भएको कारण चेक भुक्तानी नहुने बुझेपछि यस्तो खुलासा भएको हो । 
पीडीतले दिएको जानकारी अनुसार श्री चपडाही नि.मा.वि.का प्र.अ. भगवान प्रसाद गुप्ता र शिक्षिका कविता कुमारी बहरदारको संयुक्त हस्ताक्षरमा इनरुवास्थित राष्ट्रिय वाणिज्य बैंकमा संचालित चल्ती खाता नं. १०९२ मा रहेको ५ लाख ६० हजार बैंक खाताबाट एक गिरोहले किर्ते कागजातको अधारमा बैंक खाता संचालन कागजात समेत परिर्वतन गराई यस्तो बदमासी गरेका हुन् ।छानविनका क्रममा किर्ते कागजपत्र तयार गरेर खाता संचालक परिर्वतन गरी रकम झिकिएको खुलासा भएको छ ।

यस्तो छ खाता संचालनको विवरण :
२०७४ बैशाख ३ गते जिल्ला शिक्षा कार्यालय,सुनसरीको च.नं.२२२७को पत्रमा ‘पूर्व प्र.अ. भगवानलाल गुप्ता र शिक्षक कविता कुमारी बहरदारको संयुक्त दस्तखतबाट संचालन भै आएकोमा उप्रान्त उक्त खाता प्र.अ.विजेन्द्र मंडल र शिक्षक मोहन प्रसाद साहबाट संचालन गर्नु परेकाले उहाँहरुको दस्तखत नमुना प्रमाणित गरि पठाइएको भनी पत्र र खाता संचालक कार्ड नमुना सहित राष्ट्रिय वाणिज्य बैंकमा पेश गरी’ खाता संचालक परिवर्तन गरि २०७४ बैशाख ७ गते सो खाताबाट रु. पाँच लाख साठी हजार रकम झिकेको बताइएको छ।

छानविन गर्दै प्रहरी, बैंककै कर्मचारीको समेत मिलेमतो भएको आशंका !
यसरी अरुको खाताको रकम दुरुपयोग भएको दावी परेपछि यस घटनालाई सुनसरी प्रहरीले छानविन गरिरहेको छ । प्रहरीका अनुसार मंगलबार राती इनरुवा ७ स्थित रहेको आर.डि.एस. प्रा.लि. किस्ताबन्दी कार्यक्रम संचालक ऋषिकेश चौधरीलाई घटनामा संग्लन रहेको आशंकामा पक्राउ गरिएको छ । भने खाता संचालक परिर्वतन गर्दा बैंकलाई दिईएको संचालकको सुचीमा चौधरीको समेत फोटो फेला परेपछी प्रहरीले उनलाई गिरफतार गरी अनुसन्धान अगाडी बढाएको छ । यता पीडीतहरुले भने यो किर्ते काममा बैंककै कर्मचारीको समेत संलग्नता रहेको हुनसक्ने आशंका गरेका छन् । 

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: