×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शिवम् सिमेन्ट, ‘बिजुली चोरी’को मामलामापनि ‘नो कम्प्रमाइज’!

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ भन्ने निकै आकर्षक ‘ब्रान्डीङ स्लोगन’ लिएर नेपाली बजारमा आएको शिवम् सिमेन्टले ठगीको मामलामा पनि कुनै ‘कम्प्रमाइज’ नगरेको देखिएको छ । सिमेन्टले कतिपय ठाउँमा गुणस्तरलाई लिएर जनता ठगेको पाईएको छ भने कतिपय अवस्थामा झुटो विज्ञापन गरेर जनता ठगेको पाइएको छ । अरु त अरु, कम्पनीले नेपाललाई लोडसेडीङ मुक्त पार्ने सरकारी अभियानलाई समेत असहयोग गरी पैसा र पावरका भरमा खुलेआम बिजुली चोर्ने गरेको तथ्य समेत सार्वजनिक भइसकेको छ । तर अनेकौं किस्सा बाहिर आउँदापनि उसले आफुलाई सुधार्ने छाँटकाँटदेखाएको छैन ।
शिवम् सिमेन्टले बिजुली चोरेको प्रमाणित भएपछि…
खबर हेटौंडाको हो । हेटौडाको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगलाई विद्युत चोराउने काममा नेपाल विद्युत प्राधिकरण हेटौडा बितरण केन्द्रका मिटर रिडर महाँदेब प्रधान संग्लंग भएको प्रमाण भेटिएको थियो । उक्त प्रमाण भेटिएपछि उनको सम्पत्ति छानविन सुरु भएको थियो । उनीमाथि छानविन प्रक्रिया सुरु भएपनि बिजुली चोरेर देश लुट्न पल्किएको शिवम् सिमेन्टलाइ कुनैपनि कारवाही भएको छैन । ‘शिवम् सिमेन्टलाई बिजुली चोर्न सघाएर अकुत सम्पति कमाएको अभियोगमा नीजको सम्पत्तिमाथि छानविन सुरु गत माघ मै भएको थियो । महाँनगरिय प्रहरी अपराध महाँसाखाका प्रहरी उपरिक्षक प्रकाशजंङ कार्की भन्छन्, ‘घटनाको अन्तिम रिपोर्ट भने आउन बाँकी छ ।’ 

के भयो ? के हुँदैछ ?
प्रधानलाई यसअघि प्रहरीले विद्युत चोरी र ठगि मुद्धा दर्ता गरिसकेको छ । शिवम् सिमेन्ट उद्योगसँग मिलेर बिजुलीको मिटर उल्टो घुमाउने र कम महसुल देखाएर सरकारलाई ठग्ने काममा संलग्न भएको भन्दै पक्राउ परेका कर्मचारी प्रधानलाई चोरी र ठगि मुद्धा दर्ता गरिएको थियो । प्रधानसँगै पक्राउ गरेका बालाजु प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ, पूर्वमेन्टिनेन्स तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधानमाथि चोरी एवं ठगी मुद्दा चलाइएको प्रहरीले जनाएको छ । तर चोरी गर्न सहयोग पुर्याउनेहरुलाई कारवाहीको दायरामा ल्याउन खोजिएपनि उद्योगलाई भने पैसा र पावरकै भरमा छोडिएको सरोकारवालाहरुको आरोप छ । 
‘बिजुली चोरहरु परास्त हुनेछन्, जनताको साथ छ’ : कुलमान घिसीङ
अर्थ सरोकार डटकमका सहकर्मीसंगको एक अनौपचारिक कुराकानीमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसीङले बिजुली चोर्ने कसैलाईपनि नछाडिने दावी गरेका छन् । ‘हेटौंडामा शिवम् सिमेन्टले बिजुली चोरेको प्रकरण के भयो ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘सबै प्रक्रिया अघि बढेको हुनुपर्छ । म पनि यसविषयमा अरु बुझ्छु । बिजुली चोर्ने धेरै पक्राउ परिसकेका छन् । झन् विद्युत छोरने ठुला उद्योगहरुलाई छाड्ने कुरा नै भएन । यसका लागि जनताको ठूलो साथ आवश्यक छ ।’
बोल्नै मान्दैन शिवम् सिमेन्ट 
यसबारे हामीले पटकपटक शिवम् सिमेन्टको हेटौंडामा रहेको उद्योगका जिम्मेवार व्यक्तिसँग कुरा गर्ने प्रयास गरेका थियौं । तर हाम्रो पटक पटकको प्रयाससमेत सफल हुन सकेन । उद्योगकै एक उच्च स्रोतले दिएको जानकारी अनुसार लोडसेडीङको विषयमा उद्योगलाइ अलि बढी नै अफ्ट्यारो हुने हुनाले सिमेन्ट उद्योग बोल्न नचाहेको हो । ‘यसअघि पनि पटक पटक कम्पनी विजुली चोरीको मामलामा मुछिंदै आएको थियो । तर सबैतिर सेटिङ मिलाएर प्रकरणलाई साम्य बनाइएको भएपनि अहिले कुलमान घिसीङको लोडसेडीङ मुक्त देश बनाउने अभियानमा जनताको ठुलो साथ रहेको पाइएपछी सिमेन्ट उद्योग यो प्रकरणलाइ बाहिर नल्याउन प्रयत्न गरिरहेको छ । 
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: