×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शिवम् सिमेन्ट : ‘ठगी गर्ने’ मामलामापनि ‘नो कम्प्रमाइज’!

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ भन्दै प्रचार प्रसार गरिरहेको शिवम् सिमेन्टले जनतालाई ठगी गरिरहेका विभिन्न किस्साहरु प्रमाणसहित बाहिर आउन थालेका छन् । यसो त पटक पटक शिवम्का यस्ता घटनाहरु विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक भइरहेका थिए । आज हामी शिवम् ले विभिन्न बहानामा नेपाली जनतालाई ठगेका विभिन्न किस्साहरु प्रस्तुत गर्दैछौं ।
बिग्रेको सिमेन्टको यो किस्सा !
घटना गोंगबु गणेशस्थानको हो । उक्त स्थानमा बन्दै गरेको घरका एक ठेकेदारले स्टोर भईसकेको एक ट्रक सिमेण्ट फिर्ता पठाए । कुरा बुझ्दै जाँदा शिवम् सिमेण्टको एक सय ४३ बोरा सिमेण्टमध्ये शुरुमा खोलेको ९ बोरा सिमेण्टमा समस्या आएपछि फिर्ता पठाउन लागिएको थियो । मजदुरहरु भन्दै थिए, ‘अर्को सिमेन्ट अर्डर गरेको नयाँ खाले सिमेण्ट पठाईदिएछ त्यो पनि जमेको ।’ 
यता शिवम् सिमेन्ट यसमा आफ्नो दोष नभएको बताउँछ । सिमेण्ट उद्योगका टेक्निकल कन्सल्ट्याण्ट आनन्द चर्तुवेर्दी आफुलेपनि जमेको भन्ने जानकारी पाएको तर यसमा कम्पनीको कुनै हात नहुने दावी गरे । ठेकेदारले सिमेन्टनै कमसल भएको बताउँदा उनले भने स्टोरका क्रममा खुल्ला रुपमा हावामा राखिएकाले डल्लो परेको दावी गरे । 
ब्याच नै नराखी ठगी !
यस्तो त सिमेन्ट डल्ला पर्नु, गुणस्तरहिन भेटिनुमात्र होइन केही समय पहिलेमात्रै शिवम् सिमेन्टले बोरामा ब्याच नम्बर नै उल्लेख नगरी बिक्री गरेको फेला परेको थियो । शिवम् सिमेन्ट किनेका ग्राहकले उजुरी गरेपछि नापतौल तथा गुणस्तर विभागले सिमेन्टका नाममा कारवाहीका लागि सचेतपत्र पठाएको थियो । आफुलाई यस्तो पत्र आएपछि सिमेन्टले बोरामा व्याच टाँस्न थालेको त छ तर आफ्नो त्यहि कमजोरी लुकाउन उसले सम्बन्धित ठाउँमा राम्रै पैसा खर्च गरेर यो प्रकरण साम्य बनाउने प्रयास गरेको दावी सिमेन्ट उद्योगकै कर्मचारीहरुले गर्ने गरेका छन् । यस विषयमा थप अनुसन्धानपनि नभएकाले सिमेन्ट उद्योगले ‘कुरा मिलाएको’ आशंकालाइ थप बल पुगेको छ ।
सिमेन्टनै मापदण्ड विपरित ! 
शिवम् सिमेन्टको ओपिसी सिमेन्टमा विभिन्न थरीका मिसावटहरु भएको भेटिएका खबरहरु यसअघि नै सार्वजनिक भइसकेका छन् । उद्योगले मापदण्ड उल्लंघन गरी केमीकल मिसाएर सिमेन्टको नाममा उपभोक्ताको शोषण गरिहेको र आफ्नो उत्पादन ओपीसीमा प्यारामिटर नै नपुगी बिक्री गरिरहेको भेटिएको समेत केहि समय अघि फेला परेको थियो । गुणस्तर विभागले समेत ‘लाइम सेचुरेसन फ्याक्टर–एलएसएफ’ र आइआर अर्थात् अघुलनशील पदार्थको मात्रा परीक्षण गर्दा एनएस मापदण्ड शिवम् सिमेन्टमा नपुगेको जनाएको थियो । तर यस विषयमा पनि थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढेन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: