×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिन्धुलीका यी विद्यार्थी जसले स्कुलभित्र पसी प्रश्नपत्र चोरेर विद्यार्थीलाई बेचे

  • अर्थ सरोकार सम्बाददाता 
सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बुधबार तीन जना विद्यार्थीलाई पक्राउ गरेको छ । कमलामाई नगरपालीका ७ बासकटेरीमा रहेको निम्न माध्यमिक विद्यालय फोरी प्रश्न पत्र र पैसा चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कमलामाई नगरपालीका– ६ श्री सेकेन्डरी वोर्डिङ स्कुल पानिट्ङकीमा काक्षा ८ मा अध्ययन गर्ने १६ बर्षिय अमित खड्का, सोहि विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने बुद्धिमान वाईवा र कनपा ६ मा रहेको आधुनिक बोर्डिङ स्कुलमा अध्ययन गर्ने १६ बर्षका पुजन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई म्याद थप गरि आवश्यक अनुसन्धान भै रहेको उनको भनाई छ । उनीहरुले चैत्र १३ गते राती १२ बजे विद्यालय फोरेको पाईएको प्रहरीले बताएको छ ।पक्राउ परेका मध्ये अमित खड्का र बुद्धिमान वाईवाको साथबाट २७ हजार ६ सय ८० रुपैंया बरामद गरिएको प्रहरी नायव उपरिक्षक बोहोराले जानकारी दिए । विद्यालयको ५४ हजार रुपैया उनीहरुले चोरी गरेका थिए ।
उनीहरुको साथबाट कक्षा ८ को जिल्ला स्तरीय परिक्षाको ६ वडा मोडेलका प्रश्नपत्र समेत प्रहरीले बरामद गरेको छ । कक्षा ८ को जिल्ला स्तरीय परिक्षा यही चैत्र १३ गते आईतबारबाट सुरु भएको थियो ।
प्रश्न पत्र बाहिरिएपछि नयाँ प्रश्न पत्र बनाई सम्वन्धित विद्यालयमा पुर्‍याएर परीक्षा सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी केदार गिरीले बताए । विद्यालय फोरी प्रश्नपत्र बजारमा ल्याई फोटोकपी गरेर प्रति प्रश्न पत्र २० रुपैंयाका दरले प्रश्न पत्र विक्री भएको पाईएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ । प्रश्न पत्र बाहिरिए पनि तयारी अवस्थामा नमुना प्रश्न पत्र भएकाले परिक्षा नरोकिएको कार्यालयले जनाएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: