×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुन गायक -गायीकाको खाता कुन बैंकमा ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – राम्रो कमाइ हुने भनिएका नेपाली गायक गायिकाले कुन बैंकमा खाता खोलेका होलान् ? गायक गायिकाका फ्यानहरुको प्रश्न हुनसक्छ ।  यसअघि हामीले कुन हास्य कलाकारको खाता कुन बैंकमा छ भन्ने बारे सामाग्री प्रस्तुत गरेका थियौं । आजको अंकमा हामीले कुन गायिका वा गायकको खाता कुन बैंकमा छ भन्ने तथ्य प्रस्तुत गर्दैछौं ।  
‘न बिर्सें तिमीलाई, नपाएं तिमीलाई, विना अर्थ दीलमा सजाएँ तिमीलाई’ शीर्षकको गीतबाट एकाएक चर्चामा आएकी गायिका अन्जु पन्त एनआईसी एसिया बैंककि ग्राहक हुन् ।  यसबाहेक उनले कृषि विकास बैंक र ग्लोवल आइएमई बैंकमा समेत खाता खोलेकी छिन् । यता चर्चित लोकगायक पशुपति शम्राको खाता भने राष्ट्रिय वाणिज्य बैंकमा कहता छ । उनले प्रभु बैंकमा समेत खाता खोलेका छन् ।
कन्ट्रोभर्सी क्वीनका रुपमा परिचित गायिका ज्योति मगरले स्ट्याण्डर्ड चार्टर्ड बैंक र हिमालय बैंकमार्फत कारोबार गर्छिन् । प्राय विदेशमा भइने हुनाले पनि उनलाई यो बैंक सजिलो लाग्ने उनको भनाइ छ ।   
माया सार्है महँगो शीर्षकको गीतबाट निकै चर्चामा आएका हेमन्त शर्माको मेगा र एसविआई बैंकमा खाता छ । उनले एटीएम भने मेगा बैंकको बोक्ने गरेका छन् । कुनैबेला एभेरेष्ट बैंकमा समेत खाता खोलेको भएपनि उनले उक्त खाता मार्फत काम भने गर्ने गरेका छैनन् ।
यता गायक नारायण नेपालीको खाता कृषि विकास बैंकमा छ भने गायक राम कृष्ण ढकालको खाता हिमालयन बैंकमा छ । केहि समय अघि हिमालयन बैंकको विज्ञापनमा समेत खेलेका ढकाल हिमालयन बैंकमार्फत नै काम गर्छन् ।   
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: