×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिर्जना फाइनान्सको खुद नाफा ९५.४१% ले बढ्यो

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सिर्जना फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९५.४१% ले खुद नाफामा वृद्धि गर्न सफल भएको छ । यो त्रैमासमा सिर्जनाले ८ करोड २९ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको तेस्रो त्रैमासको तुलनामा ४ करोड ५ लाख ७ हजार रुपैयाँले धेरै हो । गत वर्षको यही त्रैमासमा सिर्जनाले ४ करोड २४ लाख ५२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । कम्पनीले यो त्रैमासमा खुद ब्याज आम्दानी पनि भारी मात्रले वृद्धि गर्न सफल भएको छ ।  गत वर्षको तेस्रो त्रैमासमा ८ करोड ५२ लाख ३० हजार रुपैयाँ मात्र रहेको कम्पनीको खुद ब्याज आम्दानी यो त्रैमासमा ह्वात्तै बढेर २० करोड २५ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ रहेको सिर्जनाको जगेडा कोषमा १३ करोड ६९ लाख ९० हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजीको आधारमा कम्पनीले जगेडा कोष केही बढाउनुपर्ने देखिन्छ । कम्पनीले गत वर्षको यहि त्रैमासमा ४.४६% रहेको खराब कर्जालाई घटाएर २.४६% मा पुर्याएको छ । प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५७ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने १४४ रुपैयाँ २१ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: