×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सुदुर सुपर स्टार’का नाममा लुटधन्दा !

  • अर्थ सरोकार सम्बाददाता 
दार्चुला- धनगढीमा व्ल्याक एण्ड ह्वाइट प्रोडक्शन कम्पनीले ‘लुट’ मच्चाईरहेको खुलासा भएको छ ।गायन तथा नृत्य क्षेत्रबाट सुदूर सुपर स्टार छान्ने बहानामा कम्पनीले सोझा जनतालाई ठग्दै आफु कमाउने धन्दामा लागेको आरोप स्थानीयहरुले लगाएका छन् । कम्पनीले ‘सुदूर सुपर स्टार’ छान्ने वहानामा दार्चुलाका ग्रामीण भेगमा बस्ने युवतीहरुलाई टिकट बेच्न लगाउने र जसले बढी टिकेट बेच्यो उसैलाई कार्यक्रममा बढी प्राथमिकता दिने भन्दै ठगी गरिरहेको हो । 

अचम्मको नियम ! स्टार छान्ने नाममा ठगी !

अचम्मको कुरा त के छ भने सुदूर सुपर स्टारमा छनौट हुनका लागि एक जनाले कम्तीमा ३० वटा टिकट बेच्नु पर्ने स्थानीयको आरोप छ । टिकेट बेच्न नसके ३००० रकम नै दिनुपर्ने भनेपछी यस्तो खुलासा भएको हो । टिकट विक्रीका लागि भन्दै अहिले ५० जना युवतीहरुलाई प्रोडक्शनले परिचालन गरेको छ । र यहि आधारमा पैसा कमाउने धन्दा गरिरहेको छ ।

प्रहरीले सुरु गर्यो अनुसन्धान, यस्तो छ ठगीको चाल !

यसैबीच स्टार छान्ने बहानामा ठगी गरिरहेको उजुरीपरेपछि प्रोडक्शनका फिल्डमा खटिएका भक्तराज ओझालाई प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ गरेको बताइएको छ । प्रोडक्शनले जिल्लामा रु एक सयका दरले हाल सम्म ५ सय को टिकट विक्री गरिसकेको र ५० जना युवा युवतीको स्वर परिक्षण तथा नृत्य सिकाउने भन्दै एक व्याक्तीबाट १ हजारका दरले ५० हजार लिएको प्रहरी प्रमुख डिएसपी केदार खनालले बताए ।
सुदूर सुपर स्टारमा लाबाट प्रथम स्थान हासिल गर्नेलाई २० हजार तथा धनगढी बाट प्रथम हुनेलाई स्कुटर दिने भन्दै कम्पनीले लाखौँ रुपैयाँसमेत असुलेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: